arrow

राष्ट्रियसभाका सांसद र कर्मचारीमा कोरोना संक्रमण

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
upper-house1.jpg

काठमाडौं । राष्ट्रियसभाका एक सांसद र ५ कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बिहीबार राष्ट्रियसभाका सांसद र कर्मचारीमा कोरोना भाइरसको संक्रमण परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । परीक्षणका लागि ४४ सांसद र  ५६ जना कर्मचारीको स्वाब संकलन भएको थियो ।

स्वाब परीक्षण गराएका राष्ट्रियसभाका एक सांसदमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शुक्रबारदेखि सुरु हुँन लागेको राष्ट्रियसभाको हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा उनीहरुको कोरोना परीक्षण गरिएको थियो।  कोरोना संक्रमण भएका सांसदले अधिवेशनमा सहभागी हुन पाउँने छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ