arrow

राष्ट्रिय सभामा गुञ्जियो ‘माननीय सदस्य’

उठ्यो प्रतिनिधि सभा विघटनको विषय

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
upper-house1.jpg

काठमाडौं। प्रतिनिधिसभा विघटनपछि नयाँ निर्वाचन की संसद पुर्नस्थापना भन्ने बहस चल्दै गर्दा शुक्रबारबाट संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभा सुचारु भएको छ ।  शुक्रबारबाट सुरु हिउँदे अधिवेशनमा राष्ट्रिय सभाका ‘माननीय सदस्य’ हरु सहभागी भएका छन् । केही बेरअघि सुरु बैठकमा विभाजित दुबै नेकपाका तर्फबाट सदस्य रहेका र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सदस्यहरुले धारणा राख्दै छन् ।
 
बैठकमा प्रचण्ड–माधव समूहका नेता समेत रहेका नेकपाका राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले प्रतिनिधि सभा विघटनको विषय उठाए । उनले पार्टी विभाजनको दिशामा रहेको र विभाजन नभइसकेको अवस्थामा कुनै सुत्र भए जोड्नतर्फ अघि बढ्न राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनालाई आग्रह गरेका छन् ।

बैठकमा कांग्रेस तर्फबाट सदस्य रहेका जितेन्द्र देवले धारणा राखे । उनले प्रतिनिधि सभा विघटनले देशमा राजनीतिक दुर्घटनाको अवस्था आएको र देश कालो तुँवालो भित्र, दिशाहीन रुपमा मडारिरहेको धारणा राखेका छन् । बैठकको आरम्भमा राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयको पत्रको व्यहोरा पढेर सुनाएका थिए ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी पहिलो संशोधन तथा गृहमन्त्री रामबहादुर थापाले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन, नेपाल प्रहरी र प्रदेश प्रहरी पहिलो संशोधन तथा सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश बैठकमा पेश गर्ने कार्यसूची छ ।

यस्तै स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले औषधि तेस्रो संशोधन एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ पेश गर्ने संसद् सचिवालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ