arrow

धनुषामा आफ्नै फुपूले गरिन् भदाको हत्या

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ पुष १७ शुक्रबार
phupu-dead.JPG

धनुषा । धनुषामा पाँच वर्षिय भदाको हत्या आरोपमा आफ्नै फुपू पक्राउ परेकी छन् ।  धनुषा बिदेह नगरपालिकाका जिवन राय आमातको पाँच वर्षिय छोरा अभिनन्दन रायको हत्या आरोपमा आफ्नै फुपू २६ वर्षिय प्रमिला देवी अमातलाई प्रहरीले पक्राउ गरेको हो।
 
 प्रमिला नातामा मृतक बालकको फुपू रहेको धनुषाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक रमेश बस्नेतले जानकारी दिए। गत पुष १५ गतेदेखि हराई रहेका बालक अमातको शव उनका बाजे ब्रहमदेवको भैसी बाध्ने गोठघरमा खाल्डो खनेर गाडिएको अवस्थामा १६ गते फेला परेको थियो ।

 थप अनुसन्धान गर्दा पैसा लेनदेन र रिसीवी कारण ब्रहमदेवकी छोरी प्रमिला आफ्नै भाईको छोरालाई चाउचाउ खान दिने लोभमा बोलाएर, चाउचाउ खान दिई सुताएको र घाँटी थिचेर हत्या गरि खाल्डो खनेर शव गाडेको पत्रकार समेलनमा बस्नेतले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ