- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आध्यात्मले अनन्त अनि सर्वोच्च आनन्द प्रदान गर्दछ । सबै जीवित प्राणीहरु साना किरादेखि लिएर विकसित मानवसम्म प्रत्येक क्षण निरन्तर सर्वोच्च गुणस्तरको सुख प्राप्त गर्न चाहन्छ । प्रत्येक क्षण त्यसलाई प्राप्त गर्ने प्रयास गर्दछ । सुख जुन अनन्त र उत्कृष्ट गुणको हुन्छ त्यसलाई आनन्द भनिन्छ । आनन्द कसरी प्राप्त गर्ने भनेर सिकाउने विज्ञानलार्इ ‘आध्यात्म विज्ञान’ भनिन्छ । साधनाको माध्यमबाट अन्तर्मुख भएपछि मात्र मानिसले आत्माको दिव्यतालाई महसुस गर्दछ अर्थात् उनीभित्र रहेको ईश्वरीय पराक्रमको अनुभव गर्दछ ।
अध्यात्मविद्याविद्यानाम् ।- श्रीमद्भगवद्गीता, अधया १०, श्लोक ३२ अर्थ : सबै विज्ञानहरु मध्ये, आध्यात्म विज्ञान सबै भन्दा सर्वोच्च हुन्छ ।
ब्रहमाण्डमा असंख्य विषयहरु छन्, अनेक जन्महरुमा अध्ययन गर्दा पनि ती सबैमा दक्ष हुन अपर्याप्त साबित हुनेछ । सर्वज्ञात भगवानसँग एकरुप हुनको लागि सर्वज्ञानी हुनुपर्छ । यद्यपि, ईश्वरले हामीलाई आध्यात्म विषय प्रदान गरेर सजिलो बनाइदिनु भएको छ । यो एक मात्र विषय हो जसमा यदि सर्वज्ञ हुन्छ, व्यक्ति अन्य विषयहरुमा पनि ज्ञानवान हुन्छ । यो किनभने अन्तत: सबै विषयहरु अध्यात्मबाट उत्पन्न भएको हो ।
मानिस दुई कारणहरुले बारम्बार जन्मिन्छ । पहिलो ६५% प्रारब्ध कर्मको भोगलाई पूरा गर्न र दोस्रो हो ३५% आध्यात्मिक प्रगति गरि आनन्द प्राप्त गर्न । यी दुबै कारणहरु आध्यात्मसँग सम्बन्धित छन् ।
आध्यात्मको विषय सांसारिक लक्ष्य साथै साधन प्रति झुकाव हुने दुवैको लागि उपयोगी हुन्छ । बिरामीको अवश्थामा (जोसँग केहि व्याधिहरु छन्), यदि उनीहरुलाई बौद्धिक रुपमा समझाउनको लागि प्रयोग गर्यो भने अगाडि बताएको दुई प्रकारका बिरामीहरुमा आध्यात्मिक उपचार अत्यन्त महत्वपूर्ण छ :
एक व्यक्तिको बुढयौलीपन, उपचार हुन नसक्ने रोग र मृत्युको लागि केहि गर्न सक्दैन । यस्तो अवस्थाहरुमा यदि रोगी निराश छ तब निराश हटाउनको लागि आध्यात्म एक उपचारको रुपमा वृद्धवस्था प्रति दार्शनिक दृष्टिकोण निमार्ण गर्न प्रयोग गर्न सकिन्छ । बाध्यकारी डिसआर्डर (एक प्रकारको मानसिक रोग) मा रोगीको मन खाली नराख्न महत्वपूर्ण हुन्छ ।
एक औसत व्यक्तिको जीवनमा, २०% समस्याहरु शारीरिक र वा मनोवैज्ञानिक काणहरुले हुने गर्दा हुन्छ । अर्को ३०% आध्यात्मिक स्वरुप साथै शारीरिक वा मनोवैज्ञानिक कारणहरुले गर्दा हुन्छ । बाँकी ५०% केवल आध्यात्मिक स्वरुपको हुन्छ । यसको मतलब साधना गरेर ८०% समस्याहरु समाधान गर्न सकिन्छ वा प्रारब्ध स्वीकार गरेर सहन सक्ने क्षमता प्राप्त गर्न सकिन्छ ।
सांसारिक सुखको इच्छुक: सकाम साधनाले सुख दिन्छ र दु:ख पनि कम गर्दछ । जो आनन्दको खोजीमा छन् उनीहरुले निश्काम साधना गरेर आनन्द अनुभव गर्दछन् । यसको साथै उनीहरुको सांसारिक दु:ख पनि हटेर जान्छ ।
निम्न कारणहरुले व्यक्तिमा आध्यात्मप्रति रुचि हुन्छ:
सृष्टिकर्तालाई भेट्टाउने इच्छा
एक अवस्थामा पुगेपछि मानिसले आफूलाई कसले सृष्टि गरेको हो त्यो पत्ता लगाउने इच्छा जाग्दछ र त्यही फर्किने इच्छा हुन्छ । उदाहरण - एक व्यक्तिको उमेर बढेसँगै उसलाई अर्कै आमाले पालनपोषण गरेकी छन् । वास्तविक आमा अन्य ठाउँमा छिन् तब उ आमाको खोजीमा निस्किन्छ । यदि व्यक्ति कुनै समय सुन्दर विदेशी ठाउँमा छुट्टिमा जान्छ, कुनै समयमा उ घर फर्कन चाहन्छ । यसरीनै कम्तिमा सूक्ष्म रुपमा प्रत्येक व्यक्ति सृष्टिकर्ताको खोजी गर्ने महसुस गर्दछ र त्यसमा फर्किन चाहन्छ ।
अस्थायीबाट स्थायीमा जाने चाहना
व्यक्तिलाई अस्थायी जीवनलाई स्थायी (आध्यात्मिक) सहायता दिन चहान्छ । व्यक्तिलाई कुनै न कुनै समय अपूर्णताबाट पुर्णतातर्फ जाने महसुस हुन्छ, किनकि यस मार्गमा अनन्त आनन्द पाउने निश्चितता हुन्छ । एक व्यक्ति यस्तो चीजलाई महत्व दिन्छ जुन उसलाई आवश्यक छ र उनी अन्य चीजलाई महत्व दिदैन । आध्यात्ममा पनि यहि सत्य हो । हामीले आध्यात्मको महत्व तब महसुस गर्छौं जब हामीलाई यसको आवश्यक्ता पर्छ । आवश्यक्ता नभएको व्यक्तिले भन्छ, “म आफ्नो परिवारसँग र सांसारिक जीवनमा सन्तुष्ट छु । मैले भगवानको नामजप गरेरे, ध्यान गरेर, दु:खकष्ट भोगेर के हासिल गर्नेछु ? यसबाहेक, यसको लागि समय पनि पाउँदिन ।” तर जब आध्यात्मको महत्वलाई बौद्धिक रुपमा बुझेपछि यहि जन्ममा मोक्ष प्राप्ति गर्ने दृढ संकल्प मनसिक रुपमा बनाउँछ र साधना सुरु गर्दछ ।
सन्दर्भ: सनातनको ग्रन्थ ‘आध्यात्मको परिचय’ र ‘आध्यात्म’
ईमेल : hjsnepal@gmail.com
Website: स्पिरिच्युअल साइन्स रिसर्च फाउण्डेशन (एस एसआरफ)