arrow

कोपा अमरिका: अमेरिका र कोलम्बिया दोस्रो चरणमा

logo
प्रकाशित २०७३ जेठ ३० आइतबार
Copa_Usa_par.jpg.jpeg
काठमाडौं। अमेरिकामा जारी कोपा अमेरिका फुटबल अन्तर्गत समुह 'बी'बाट अमेरिका र कोलम्बिया दोस्रो चरणमा प्रवेश गरेका छन्। अमेरिकाले पाराग्वेलाई १-० गोलले पराजित गरेको थियो भने कोलम्बिया कोस्टारिकासँग ३-२ गोलले पराजित भएको थियो।
 
समुह चरणमा अमेरिका बिजेता बन्दै दोस्रो चरण प्रवेश गरेको हो भने कोलम्बिया समुहमा दोस्रो हुँदै दोस्रो चरण प्रवेश गरेको हो। 
 
अमेरिका-पाराग्वे
अमेरिकी स्टार क्लिन्ट डेम्पसीले २७औं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। उक्त अग्रता नै अमेरिकाको जितकालागि पर्याप्त हुन पुगेको थियो। 
 
अमेरिकी खेलाडी डिआन्द्रे एडलिनले ४८औं मिनेटमा दोस्रो पहेंलो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए। १० खेलाडीमा सिमीत अमेरिकाले आफ्नो खेललाई नियन्त्रणमै राख्न सफल भएकोले कुनै पनि गोल खानु परेन। 
 
अमेरिकाका पाँच खेलाडीले पहेंलो कार्ड पाएका थिए भने पाराग्वेका तीन खेलाडीले मात्र पहेंलो कार्ड पाका थिए। पाराग्वेले केही राम्रा आख्रमणहरु गरेता पनि गोल भने हुन सकेको थिएन्। धेरै समय बललाई आफ्नो नियन्त्रणमा लिन सफल पाराग्वेले गोल भने गर्न सकेको थिएन्। 
 
कोलम्बिया-कोस्टारिका
कोलम्बियाले कोस्टारिकासँग अप्रत्यासित हार ब्योहोरेको छ। समुहमा कमजोर मानिएको कोस्टारिकाले कोलम्बिया बिरुद्ध राम्रो प्रदर्शन गर्दै जीत हात पारेको हो। 
 
खेलको दोस्रो मिनेटमा नै कोस्टारिकाले गोलको काता खोलेको थियो। जोहान भेनेगासले कोस्टारिकालाई अग्रता दिलाएका थिए। खेलको ७औं मिनेटमा कोलम्बियाका फ्रान्क फाब्राले गोल गर्दै खेल बराबरीमा ल्याई पुर्‍याएका थिए। 
 
उही प्रान्क फाब्राले आत्मघाती गोल गर्दै कोस्टारिकालाइ १ गोलको बढत दिलाएका थिए। ५८औं मिनेटमा कोस्टारिकाका सेल्सो बोर्गेसले गोल गर्दै खेल ३-१को स्थितीमा पुर्‍याएका थिए। खेलमा फर्किेको आभास दिंदै कोलम्बियाले ७३औं मिनेटमा दोस्रो गोल गरेको थियो।
 
त्यसपछि कोलम्बियाले राम्रो आक्रमण गरे पनि गोल भने हुन सकेन र कोलम्बिया कोस्टारिकाको हातबाट पराजित हुन पुग्यो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ