- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा ७१ बर्षीय बृद्धाको हत्यागरि फरार रहेका एक जनालाई दुई राउन्ड गोली र सुनका गहनासहित पक्राउ गरेको छ ।
पुर्नवास नगरपालिका–१ हिराबस्तीमा एक्लै बस्दै आएकी ७१ वर्षीया खण्टी भुलको हत्या गरि गरगहना लुटेर फरार रहेको कञ्चनपुर जिल्लाकै लालझाडी गाउँपालिका वार्ड नं.६ ढक्का शिविरमा बस्ने ३९ बर्षीय दल बहादुर बिश्वकर्मालाई पक्राउ गरिएको ईलाका प्रहरी त्रिभुवनबस्तीका ईन्चार्ज प्रहरी निरिक्षक कैलाश सिंह बिष्टले बताए ।
पक्राउ परेका बिश्वकर्मा पूर्व माओवादी कार्यकर्ता भएको प्रहरी स्रोत बताएको छ । बिकले बृद्धाको हत्या गरि लुटेका गरगहना सहित दुई राउण्ड गोली समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
गत आइतबार दिउँसो खण्डी भुलको टाउको र अनुहारमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा घरभित्रै शव फेला परेको थियो।
मृतक वृद्धा घरमा एक्लै बस्दै आएकी थिइन्। उनका छोरा मजदुरीका लागि भारतको मुम्बईमा रहेको, बुहारी र नातिनी धनगढीमा बस्ने गरेको बताइएको छ ।
पारिवारिक स्रोतका अनुसार मृतक भुलले नाक, कान र घाँटीमा करिब तीन तोला सुनका गहना लगाएकी थिइन्।