arrow

‘तोरी पेली तेल’मा बनाउनुहोस् कभर भिडियो र जित्नुहोस् डेढ लाख रुपैयाँ

logo
प्रकाशित २०७७ पुष १८ शनिबार
song.jpg

काठमाडौं । नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले क्याडी इन्टरटेनमेन्टले सार्वजनिक गरेको भिडियोमार्फत डान्स प्रतियोगिताको आयोजना गरेको छ ।

अस्मिता अधिकारी र प्रनय क्याडी श्रेष्ठको स्वरमा सजिएको ‘तोरी पेली तेल’ बोलको गीतको भिडियोमा कभर गीत बनाउने मध्ये एउटा उत्कृष्ट भिडियोलाई डेढ लाख नगद सहित पुरस्कृत गरिनेछ । साथै उत्कृष्ट भिडियो बनाउने प्रतियोगीलाई एउटा म्यूजिक भिडियोमा काम गर्ने अवसर समेत दिने क्याडी इन्टरटेनमेन्टले जनाएको छ । 

क्याडी इन्टरटेनमेन्टको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा लोकप्रिय नायक नाजिर हुसेन र नायिका आँचल शर्माको गज्जब अभिनय रहेको छ । डान्सिगं शैलीमा तयार पारिएको गीतमा रोमान्टिक दृश्यले छमछम नचाउनेछ ।

प्रेम र रोमान्सका रमाइला पललाई कद गरिएको गीतका शब्द शृजना र संगीत दीपक शर्माका हुन् । पछिल्लो पुस्ताका लोकप्रिय र ब्यस्त निर्देशक निकेश खड्काको निर्देशनमा तयार भएको गीतको भिडियोको सम्पादन कुशल सम्पादक विकाश धमलाले गरेका  हुन् ।

सुबोल जोशीको कोरियोग्राफी रहेको गीतको छायांकन बुद्ध थापाले गरेका हुन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ