arrow

माफि नमागे केपीलाई पार्टीबाटै हटाउने योगेशको चेतावनी

पार्टी एकताका लागि ओलीलाई गरेको अनुनय–बिनय भैँसीका अघि बिनायो बजाए जस्तै

logo
युबराज रेग्मी,
प्रकाशित २०७७ पुष १८ शनिबार
ncp-rally-jhapa.jpg

झापा । नेकपा दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी ओलीलाई अवसरवादी र दक्षिणपन्थीको संज्ञा दिएका छन् । प्रधानमन्त्री ओलीको गृह जिल्ला झापाको विर्तामोडमा शनिबार आयोजित विरोधसभामा बोल्दै दाहाल नेपाल समूहका नेताहरुले प्रधानमन्त्रीले संविधान निलेको उल्लेख गर्दै अवसरवादी ओलीको राजनीतिक भविष्य संकटमा पुगेको बताए । कम्युनिस्ट इतिहासमा क्रान्तिकारी जिल्लाको रुपमा परिचित झापाले ओलीको अलोकतान्त्रिक र तानाशाही कदमको मुकदर्शक भइ टुलुटुलु हेरिनरहने उनीहरुले बताए। वक्ताहरुले अवसरवादी र दक्षिणपन्थीको जिल्ला झापा हुन नसक्ने बताउदै आफूहरू प्रतिगमनको मतियार बन्न नसक्ने प्रष्ट्याए ।

विरोध कार्यक्रमका वक्ताहरुले संविधान कुल्चने काम गर्दै ओलीले आफ्नो अधिनायकवादी चरित्र उदाङ्गो पारेको जिकिर गरे ।सन्काहा शासकले देशलाई दुर्घटनामा पुर्याएको बताउँदै उनीहरुले ओलिले प्रतिगमनको श्रृङ्खला सुरुगरेको बताए । बक्ताहरुले पार्टी फुट्ने सम्भावना नरहेको बताउदै ७० प्रतिशत केन्द्रीय सदस्य दाहाल-नेपाल पक्षमा रहेको दावी गरे । केपी ओलीले बारम्बार भन्दै आए जस्तो पार्टी भित्र घेराबन्दी नगरिएको बताउँदै ओलीले बेइमानी गरेको दाबी गरे ।

कार्यक्रममा नेता योगेश भट्टराईले केपी ओलीलाई मात्रै प्रधानमन्त्री बनाउने कुरा पार्टीको कुनै विधानमा नलेखिएको बताए । ओलीले आफूलाई पाँचवर्ष प्रधानमन्त्री बनाउने सहमति भएको उल्लेख गर्दै आधा–आधा समय प्रधानमन्त्री हुने भन्ने सहमति पत्र प्रचण्डले अढाइ वर्ष पछि च्यातेर सहयोग गरेको साथै ओलीलाई पार्टी भित्र गरिएको अनुनय–बिनय भैँसीका अघि बिनायो बजाए जस्तो मात्र भएको बताए । प्रतिनिधिसभामा ओलीलाई कहिल्यै धोका नदिएको र नभएको बताउँदै उनले  गलत कुरा नगर्न ओलीलाई सचेत समेत गराएका थिए ।

देशलाई गम्भीर मुडभेडतर्फ नधकेल्न प्रधानमन्त्रीलाई आग्रह गर्दै भट्टराईले जे मनलाग्यो त्यही नगर्न प्रधानमन्त्रीलाई सचेत समेत गराए । ओलीले संविधानको सर्वोच्चता र कानुनी राज्यको धज्जी उडाएको बताउँदै अध्यादेश मार्फत पार्टी फुटाउने र एमाले ब्युताउन खोजेको बताए । भड्खालोमा नजाकिन पटकपटक ओलीलाई आग्रह गरेका भट्टराईले आफूहरू माफी गर्न तयार रहेको नमाने पार्टीबाट हटाउने चेतावनी समेत दिए । आफू नरहदा अरुलाई पनि सक्छु भन्ने भष्मासुर शैली त्याग्न ओलीलाई उनले आग्रह गरे ।

बिरोध कार्यक्रममा नेतृ धर्मशीला चापागाईंले जनताको रगत पसिना बगाएर प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्नुको सट्टा लोकतान्त्रिक संविधानमाथि नै प्रहार गरेकोले प्रधानमन्त्री ओलीको पछिल्लो कदमले देशलाई निकास दिन नसक्ने बताइन । विरोध कार्यक्रमलाई चन्द्रा श्रेष्ठ, रविन कोइराला, विजय साम्पाङ लगायतले सम्बोधन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ