arrow

तुलनात्मक रुपमा बलियो क्रोएसियालाई रोक्ने दाउमा टर्की

logo
प्रकाशित २०७३ जेठ ३० आइतबार
Euro_Cro_Tur.jpg.jpeg
काठमाडौं। फ्रान्समा युरो २०१६ फुटबल प्रतियोगिता अन्तर्गत समुह 'डी'मा टर्की र क्रोएसिया भिड्दैछन्। नेपाली समय अनुसार आइतवार साँझ ६:४५ बजे दुई टोली बिच खेल हुने छ। 
 
दुई टोलीले एक आपसमा ६ पटक खेलेका छन्। छ पटकको भेटमा क्रोएसियाले २ पटक जितेको छ भने बाँकी ४ खेल बराबरीमा सकिएको छ। युरो-२००८को क्वार्टरफाईनलमा टर्कीले क्रोएसियालाई टाईब्रेकरमा पराजित गरेको थियो। निर्धारित समयमा बराबरी केलिएकोले उक्त खेललाई रेकर्डमा बराबरी भनेर चिनिन्छ। 
 
तुलनात्मक रुपमा बलियो देखिएको क्रोएसियसँग हंक खोस्ने सुरमा टर्की रहेको छ। स्पेन, चेक गणतन्त्र जस्ता टोली रहेको समुहमा दुवै टोलीले आफ्नो पहिलो केलमा पुर्ण अंक लिनकालागि भिड्नेछन्। 
 
क्रोएसियाका सबैभन्दा लामो समय कप्तान रहेका डारिजो स्रानले युरो २०१६को क्रोएसियन टोली ईतिहासमा सबै भन्दा राम्रो रहेको बताएका छन्। रियालबाट खेल्ने लुका मड्रिक, बार्सिलोनाबाट केल्ने ईबान राकिटी र युभेन्टसबाट खेल्ने मारियो मान्डजुकिच रहेको टोली बलियो रहेको छ। 
 
सन् २०००को युरोमा क्वार्टरफाईनल र २००८मा सेमीफाईनल पुगेको टर्कीलाई कम आंकलन गर्न मिल्दैन्। नेदरल्याण्ड, चेक गणतन्त्र जस्ता युरोपका ठूला टोलीहरुलाई पराजित गरेर छनौट भएको टर्कीले तीन अंककालागि राम्रो प्रयास गर्ने छ। 
 
 
टर्की  
आसन्न युरोकप अघिसम्म ३ युरोकपमा सहभागि भएको टर्की सन् २००८ मा भएको युरो कपको सेमिफाइनलसम्म पुगेर सबैलाई आश्चर्यमा पारेको थियो। यो पल्ट भने छनोट चरणमा तेस्रो स्थानमा रहेर पनि सबै भन्दा राम्रो तेस्रो हुने टोलीको कोटाबाट यो युरोकपको टिकट काटेको हो। 
 
हाल सम्म २ पटक विश्वकप खेलेको टर्कीले सन् २००२को विश्वकपमा तेस्रो स्थान हासिल गरेको थियो । छनौट चरणमा नेदरल्याण्ड्ससँग १ जीत र १ बराबर खेलेको टर्कीले चेक-गणतन्त्र, आईसल्याण्डलाई पनि पराजित गरेको थियो। 
 
तीन पटक युरोमा सहभागिता जनाईसकेको टर्कीले सन् २००८को युरोमा सेंमीफाईनलसम्मको यात्रा तय गरेको थियो। उक्त युरोमा टर्कीले तेस्रो स्थान हासिल गरेको थियो। 
  
क्रोएसिया
पाँचौ पटक यो युरोकप खेल्न लागेको क्रोएसिया युरोकपमा औषत प्रदर्शन गर्ने टोलीको रुपमा रहेको छ। २ पटक क्वार्टफाइनल खेलिसकेको क्रोएसिया सन् १९९८ फ्रान्समा भएको विश्वकपमा तेस्रो भएको थियो। फ्रेन्च भूमि उसका लागि निकै लाभदायक छ । त्यसैले यस पटक पनि सन् १९९८ को विश्व कपकै नतिजा होहोर्याउने दाउमा क्रोएसिया छ ।
 
युरो छनौट चरणमा इटलीसँग बराबरी गरेको र रुस जस्तो बलियो टोलीलाई पराजित गरेको क्रोएसिया २०१६मा छुट्ठै पहिचान छोडेर जाने दाउमा रहेको छ। लुका मोड्रिक, ईभान राकिटी, आन्द्रेज कामारिच जस्ता खेलाडीहरुले सुसज्जित क्रोएसियाको फुटबल राम्रो मानिने गरिएको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ