arrow

बजेटको प्रत्यक्ष असर: साउनदेखि मोटरसाईकलको मुल्य बढ्दै

सरकारले कर बढाएको कारणले मोटरसाईकलको दरमा पनि बृद्धि

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७३ जेठ ३० आइतबार
bike-tax.jpg.jpeg
काठमाडौं । मोटरसाईकल विक्रेताहरूले मोटरसाईकलको भाउ बढाउने तयारी गरेका छन् । आगामी साउनदेखि लागूहुनेगरी सरकारले अन्य सवारी साधनसँगै मोटरसाईकल आयातको समयमा पनि भारी शुल्क बृद्धि गरेपछि मोटरसाईकल विक्रेताहरूले पनि मोटरसाईकलको भाउ बढाउन लागेका हुन् । 
 
बजेट जारी भएसँगै सरकारले नयाँ मोटरसाइकल किन्दा सडक निर्माण तथा सम्भार दस्तुर बापत ४२ प्रतिशतसम्म र पुराना मोटरसाईकलको वार्षिक सवारी शुल्कमा ५० प्रतिशतसम्म शुल्क बृद्धि गरेको थियो भने यही दरमा मोटरसाईकलको पनि भाउ बढाउने तयारी विक्रेताहरूले गरेका छन् । 
 
हिरो मोटर्सका खरिद शाखा प्रमुख नवीन ढकालले सरकारले कर बढाएको कारणले मोटरसाईकलको दरमा पनि केहीबृद्धि गर्नु परेको जानकारी दिए । उनले अब छिट्टै नै आन्तरिक बैठक बसेर आफूले नयाँ दररेट सार्वजनिक गर्ने पनि स्पष्ट पारे । 
 
उनका अनुसार अब प्रति मोटरसाईकल ४५ सय रूपैयाँसम्म भाउ बढाउने तयारी रहेको छ । ‘३५ सय देखि ४५ सय सम्म दर बढ्नसक्छ’ ढकाले भने ‘तर हामीले साउनपछि नै लागूहुनेगरी आन्तरिक बैठक बसेर दर परिवर्तन गर्ने तयारी गरेका छौं ।’ 
 
यसबाहेक पनि होण्डा, यामाहा लगायत ब्राण्डका मोटरसाईकलका विक्रेताहरूले पनि भाउ बढाउने तयारी गरिरहेको बताएका छन् । उनीहरूले सरकारले करमा बढाएको महशुलको आधारमा मोटरसाईकलको भाउ बढ्ने दाबी गरेका हुन् । 
 
आर्थिक वर्ष २०७२÷७३ मा सरकारले नयाँ मोटरसाईकल खरिद गर्दा लिनेगरेको सडक निर्माण तथा सम्भार दस्तुरमा भारी बृद्धि गर्दै १ सय २५ सीसीको मोटरसाईकलमा १० हजार रूपैयाँ लाग्ने बताएको थियो । जुन पहिलो पटक खरिद गर्दा लाग्ने रकम हो । यो रकम आर्थिक वर्ष २०७२÷७३ मा ७ हजार रूपैयाँ थियो । 
 
त्यसैगरी, १ सय २६ देखि २ सय ५० सीसीसम्मको मोटरसाईकल नयाँ खरिद गर्दा अब उपभोक्ताले भन्सार महसुल बाहेक पनि १२ हजार रूपैयाँ तिर्नुपर्ने भएको छ। जुन यस भन्दा अगाडि ८ हजार मात्रै थियो। य
 
समा उपभोक्तालाई ४ हजार थप व्ययभार पर्ने भएको छ भने २ सय ५१ सीसीदेखि ४ सयसम्म र ४ सयदेखि माथिसीसीका मोटरसाईकलको खरिदमा उपभोक्ताले अब थप ५÷५ हजार गरी क्रमशः १५ हजार र २० हजार तिर्नुपर्नेछ । जुन २०७२÷७३मा १० हजार र १५ हजार थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ