arrow

विष्णु पौडेललाई रुपन्देहीमा चुनाव जितेर देखाउन युवा संघका नेताको चुनौती

logo
प्रकाशित २०७७ पुष १९ आइतबार
raju.png

रुपन्देही । नेकपा प्रचण्ड-माधव समुहका नेता तथा रुपन्देही युवा संघका पूर्वउपाध्यक्ष राजु गुरूङले संसद् पुर्नस्थापना गरेर देश र संविधान बचाउनु पर्ने बताएका छन् । प्रधानमन्त्री केपी ओलीले संविधानको पाना च्यातेर प्रतिनिधिसभा विघटन गरेको उनको आरोप छ ।

'२०१७ सालमा राजा महेन्द्रले कु गरेका थिए, त्यो भन्दा खतरनाक रूपमा प्रधानमन्त्री ओलीले यही पुस ५ गते संविधान माथि कु गरेकाले तानाशाही असंवैधानिक तथा अलोकतान्त्रिक काम गर्ने मान्छेलाई अब राख्नु हुदैन ’, उनले भने ।

सबैलोभी पापीहरु पदको लोभमा एकठाँउमा !
युवा संघ नेपाल र अनेरास्ववियुद्वारा आईतवार रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश द्धारा बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले काम गर्न दिईएन भन्दै प्रधानमन्त्री हिडेको भन्दै गलत काम गर्नेहरु अहिले एक ठाँउमा उभिएको बताए । सबैलोभी पापीहरु पदको लोभमा कोहि मन्त्री मण्डलमा गएका छन्, त कोहि केन्द्रिय सदस्यमा गए, कोहि मन्त्री बन्दैछन् रे, यो खुसी हुने बेला होइन ।’ उनले सुनाए ।

साथै उनले प्रधानमन्त्रीका कारण कम्यूनिष्ट पार्टि र संविधानलाई ध्वस्त भएको जिकिर गरे । अब प्रतिनिधिसभा पुनस्थापना नहुँदा सम्म सडक सघर्ष तताउने र आफूंहरु पार्टीको निर्देशन अनुसार आन्दोलन चर्काउने ठोकुवा गरे  ।

महासचिव पौडेललाई आफूसंग चुनाव लडेर जितेर देखाउन चुनौती :
गुरूङले ओली पक्षका नेता बुटवल बाट चुनाव जितेका नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेललाई अब रुपन्देहीमा आएर आफूसंग चुनाव लडेर  जित्न चुनौती दिएका छन् ।

पौडेलले बुटवलबाट चुनाव लडे त्यसको विपक्षमा आफूले प्रतिस्पर्धा गर्ने र जितेर देखाइदिने चेतावनी दिए । ‘हिजो कस्लाई कसले  र कसरी चुनाव जितायो सबैलाइ थाहा छ,हामी चुनावमा जान डराएका छैनौँ,हामीलाइ चुनावमा जान डराए भन्ने ? , महासचिव बिष्णु पौडेललाइ ईगित गर्दै उनले भने-‘ आउनूस् मसंग चुनाव लडेर देखाउनुस्,हिम्मत छ ।

यस्तै, युवा संघका केन्द्रीय सचिवालय सदस्य सरिता श्रीसले प्रधानमन्त्रीले संविधानमाथि गरेको प्रहारका विरूद्ध सडमा आएको बताईन । उनले कसैलाई प्रधानमन्त्री वा राष्ट्रपति बनाउन सडकमा नआएको बताईन । ‘के को लागि हो चुनाव,यो चुनावको सुनिश्चितता के छ ?', उनले प्रश्न गरिन् 'आन्तरिक विवादका कारण संविधानको घाँटी निमोठ्न पाईदैन, हाम्रो भविष्यमाथि खेल्ने अधिकार कसैलाई छैन,चुनाव अब भोट माग्ने नैतिकता छैन।’ उनले संसद पुनस्थापना नै अवको विकल्प भएको बताईन ।

पत्रकार सम्मेलनमा युवा संघ रुपन्देहीका अध्यक्ष कृष्ण थापा, अनेरास्ववियुका केन्द्रीय सदस्य अनुप पोखरेल, युवा नेता माधव बस्नेत, बिष्णु खत्री लगायतले बोल्दै ओली जनताको नजरमा कलन्कित भएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ