arrow

स्वास्थ्य चौकीमा सुत्केरी हुन नसके नि:शुल्क एम्बुलेन्स सेवा

logo
प्रकाशित २०७७ पुष १९ आइतबार
shikhar-nagarpalika.JPG

डोटी । शिखर नगरपालिका डोटीले वडाका स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकी बाहिर पठाउनु पर्ने अवस्थामा नगरको एम्बुलेन्स मार्फत नि:शुल्क सेवा दिने निर्णय गरेको छ । शनिबार शिखर नगरपालिका डोटीको वसेको वैठकले उक्त निर्णय गरेको हो ।

'नगरपालिका सम्पूर्ण स्वास्थ्य चौकीमा दक्ष जनसक्ति रहेको छ, शिखर नगरपालिका डोटीका नगर प्रमुख सिताराम जोशीले भने - स्वास्थ्य चौकीमा सुत्केरी नहुने सम्भावना भए नगरपालिकाको एम्बुलेन्स मार्फत सम्भव हुने ठाउमा पु-याउन नि:शुल्क शेवा दिने छौ ।

आर्थिक अभावका कारण कतिपय वासिन्दा बाहिर लैजान नपाएर कुनै पनि सुत्केरी आमालाइ अप्ठ्यारो नहोस भन्ने उदेश्यले यो निर्णय गरेका छौ नगर प्रमुख सिताराम जोशीले भने - नगरवासीका स्वास्थ्यका लागि लागि परेको वताए ।

शिखर नगरपालिका डोटीका उपप्रमुख धौली देवी रावलले नगरपालिकाको यो निर्णयले नगरपालिकाका दिदी वहिनीलाइ ठूलो राहत मिल्ने विश्वास व्यक्त गरिन । शिखर नगरपालिकाले यसैसंगै विभिन्न स्वास्थ्य सम्वन्धि कार्यक्रम गरिरहेको छ ।

नगरपालिकाका सवै वडामा नि:शुल्क महिला प्रजनन स्वास्थ्य समस्या सम्वन्धि शिविर संचालन तथा उपचार, नगरपालिकाका जेष्ठ नागरिकको घर घरमा नि:शुल्क स्वास्थ्य परिक्षण, नगरपालिकाका सवै विद्यालयमा अध्ययनरत महिनावारी उमेर पुगेका छात्राहरुलाइ नि:शुल्क सेनेटरी प्याड वितरण लगायतका स्वास्थ्य सम्वन्धि कार्यक्रम संचालन गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ