arrow

साझा प्रकाशनको नयाँ नेतृत्वका लागि कोइराला र सुब्बा मैदानमा

नेतृत्व हत्याउन ओली पक्षको चलखेल

logo
प्रकाशित २०७७ पुष १९ आइतबार
Sajha_prakasan.jpg

काठमाडौं । नेपाल सरकारको ५१ प्रतिशत स्वामित्व रहेको साझा प्रकाशनको नयाँ नेतृत्वका लागि मतदान हुने भएको छ ।

पुस २१ देखि २४ गतेसम्म हुने मतदानमा प्रजातान्त्रिक समूहबाट जीवनचन्द्र कोइराला र वामपन्थी समूहबाट विजय सुब्बा चुनावी प्रतिस्पर्धामा छन् ।

मुलुकमा कोरोना भाइरसको संक्रमण रहेका कारण स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भएकाले मतदानका लागि चार दिनको समय राखिएको जनाइएको छ ।

नौं सदस्यीय बोर्डमा एक अध्यक्ष, एक अनिवार्य महिला सदस्य र दुई सदस्य खुल्ला सदस्यका लागि मतदान हुनेछ । जसमा डीपी अचार्य प्रजातान्त्रिक समूहबाट सदस्यमा उम्मेदवार छन् भने वामपन्थी समूहबाट एक महिलासहित चार सदस्यले उम्मेदवारी दिएका छन् ।

बाँकी पाँच सदस्यमा अर्थ मन्त्रालय, भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, शिक्षा मन्त्रालय र सहकारी बोर्डबाट एक–एक जना प्रतिनिधि रहनेछन् भने एक सदस्य सरकारले नियुक्त गर्नेछ ।

साझा प्रकाशन निर्वाचन समितिले उम्मेदवारको अन्तिम नावामली १५ गते नै प्रकाशन गर्ने सूचना जारी गरेको भएपनि त्यसलाई पटक-पटक पछि सार्दै आइतबार अन्तिम नामावली सार्वजनिक गर्ने जनाइएको छ ।

प्रजातान्त्रिक समूहका उम्मेदवार कोइरालाले उम्मेदवारको नामावली प्रकाशनको मिति पटक पटक सारिनुले यसमा ठूलै चलखेल भइरहेको शंका व्यक्त गरेका छन् ।

उनले विघटित प्रतिनिधिसभाका सदस्य तथा नेकपा ओली समूहका निकट सुब्बालाई जसरी पनि जिताउने मनसायले शक्तिको दुरुपयोग गरी सरकार समेत सामेल भई अन्तिम नामावलीको समय पर धकेलिएको जिकिर गरे ।

यस्तै साझाको लेखा समितिको संयोजक र दुई सदस्यका लागि पनि निर्वाचन हुनेछ । साझा प्रकाशनको नयाँ नेतृत्व चयनका लागि एक हजार चार सय ५७ जनाले मतदान गर्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ