arrow

बिराटनगरको श्रम कार्यालयमा तोडफोड

logo
विवेक मिश्र,
प्रकाशित २०७७ पुष १९ आइतबार
todfod1.jpg

मोरङ । मोरङको विराटनगर स्थीत श्रम तथा रोजगार कार्यालयमा मजदुर संगठनमा आवद्ध दुई जना मजदुरहरुले तोडफोड गरेका छन् ।

तोडफोडबाट कार्यालयको झ्याल क्षतिग्रस्त भएको छ । कार्यालय हाताभित्र प्रवेश गरी दुवै मजदुरहरुले गरेको ढुङ्गामुढाबाट कार्यालयको पूर्वतर्फ रहेको झ्यालको सिसा फुटेको हो । तोडफोड गर्नेहरुमा सुनसरीको दुहवी–८ स्थित अरिहन्त मल्टिफाइबर प्रालीमा कार्यरत रमेश थापा र सुशिल गच्छदार रहेको कार्यालयले जनाएको छ ।

अभियुक्त थापा नेपाल कारखाना श्रमिक संघका १ नम्बर प्रदेश अध्यक्ष र गच्छदार सुनसरी जिल्ला अध्यक्ष रहेको कार्यालयका प्रमुख वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले बताए । उनका अनुसार अभियुक्तहरुले आज दिउँसो करिब १:३० बजे तोडफोड गर्नुका साथै कर्मचारीमाथि अश्लिल शब्द प्रयोग गर्दै दुव्र्यवहार गरेका थिए ।

घटनालगत्तै प्रमुख सञ्जेलले दुवै अभियुक्तहरुलाई पक्राउ गरी सार्वजनिक अपराध नियन्त्रण ऐन तथा गाली बेइज्जति ऐन अनुसार कडा कारबाही गर्न माग गर्दै प्रहरीमा उजुरी दर्ता गराएका छन् । साथै, कार्यालयको सुरक्षार्थ भोलिदेखि एक जना हतियार सहितका प्रहरी कर्मचारी परिचालन गरिदिन पनि उनले प्रहरीलाई अनुरोध गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ