arrow

उत्तरी आयरल्याण्ड बिरुद्ध पहिलो जीतको खोजीमा पोल्याण्ड

logo
प्रकाशित २०७३ जेठ ३० आइतबार
Poland-vs-Northern-Ireland-Euro-2016.jpg.jpeg
काठमाडौं।फ्रान्समा जारी युरो २०१६ फुटबल प्रतियोगिता अन्तर्गत समुह 'सी'मा रहेका उत्तरी आयरल्याण्ड र पोल्याण्ड बिचको खेल नेपाली समय अनुसार आईतवार राती ९:४५मा हुँदैछ। 
 
पहिलो पटक युरो खेलिरहेको उत्तरी आयरल्याण्डले तेस्रो पटक युरोमा सहभागिता जनाईरहेको पोल्याण्डको सामना गर्दैछ। दुई टोली बिच सन् १९६२मा भएको भेटमा उत्तरी आयरल्याण्ड बिजयी रहेको थियो। सन् २००९मा भएको भेटमा दुवै टोलिले १-१को बराबरी गरेका थिए। 
 
उत्तरी आयरल्याण्ड दुई बिचको प्रतिस्पर्धामा अपराजित रहेको छ। पोल्याण्डले युरोमा अझै खेल जित्न सकेको छैन। अअिलेसम्म ६ खेल खेलको पोल्याण्डले ३ खेल बराबरी गरेको छ भने ३ खेलमा पराजित भएको छ। छ खेलमा पोल्याण्ड ३ गोलमात्र गर्न सफल रहेको छ। 
 
उत्तरी आयरल्याण्ड
छनोट चरणको समूह ‘एफ’मा रहेको उत्तरी आयरल्याण्ड पहिलो पटक युरोकप खेल्ने क्रममा आफ्नो समूहको १० खेलमा ६ जित तथा ३ बराबरी खेल्दै १ खेलमा मात्र पराजित हुन पुगेको थियो। कुल ६ टोली सहभागि उक्त समूहमा उत्तरी आयरल्याण्ड २१ अंक साथ पहिलो हुँदै युरोकपमा छनोट भएको हो।  
 
तीन पटक विश्वकप खेलेको उत्तरी आयरल्याण्डको यो पहिलो युरो सहभागिता हुनेछ। सन् १९५८, १९८२ र १९८६मा विश्वकपमा सहभागिता जनाईसकेको उत्तरी आयरल्याण्डले सन् १९८२को विश्वकपमा क्वार्टरफाईनलसम्मको यात्रा तय गरेको थियो।
 
फिफा बरियतामा २५औं स्थानमा रहेको उत्तरी आयरल्याण्ड समुह 'सी'मा विश्वकप बिजेता जर्मनी, पोल्याण्ड र युक्रेन रहेको समुहमा छ। उत्तरी आयरल्याण्ड युरो छनौटमा आफ्नो समुहमा पहिलो भएर छनौट भएको हो
 
छनोट चरणको समूह ‘एफ’मा रहेको उत्तरी आयरल्याण्ड पहिलो पटक युरोकप खेल्ने क्रममा आफ्नो समूहको १० खेलमा ६ जित तथा ३ बराबरी खेल्दै १ खेलमा मात्र पराजित हुन पुगेको थियो। कुल ६ टोली सहभागि उक्त समूहमा उत्तरी आयरल्याण्ड २१ अंक साथ पहिलो हुँदै युरोकपमा छनोट भएको हो।
 
 
पोल्याण्ड
२ पल्ट युरोकप खेलिसकेको पोल्याण्ड दुबै पटक समूहको अन्तिममा रहयो । हालसम्म एक खेल पनि युरोकपमा नजितेको पोल्याण्डले विश्वकपमा भने आफ्नो छाप छोडेको छ । कुल ७ विश्वकपमा भाग लिएको यसले २ पटक तेस्रो स्थान हसिल गरेकोछ । सन् १९७४ र १९८२मा तेस्रो स्थान हासिल गरेको पोल्याण्डले २००६मा अन्तिम पटक फिफा विश्वकपमा सहभागिता जनाएको थियो। फिफा बरियतामा २७औं स्थानमा रहेको पोल्याण्डको उच्च बरियता १६ रहेको छ। 
 
यसपटकको युरोकप छनोटमा उसको प्रदर्शन शानदार रह्यो । फरवार्ड रोबर्ट लेभान्डोस्कीले १० खेल खेल्दै १४ गोल गरेका थिए । जुन सो प्रतियोगिता कै सर्वाधिक गोल हो । यो युरोकपमा पोल्याण्डले सुदृढ प्रदर्शन गर्ने टोलीको रुपमा हेरिएको छ । 
 
पोल्याण्डले युरोमा अझै खेल जित्न सकेको छैन। अअिलेसम्म ६ खेल खेलको पोल्याण्डले ३ खेल बराबरी गरेको छ भने ३ खेलमा पराजित भएको छ। छ खेलमा पोल्याण्ड ३ गोलमात्र गर्न सफल रहेको छ। 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ