arrow

बलियो जर्मनीका सामु युक्रेनले के गर्ला ?

logo
प्रकाशित २०७३ जेठ ३० आइतबार
germany-vs-ukraine-prediction-h2h-lineups-timetable-euro-2016.jpg.jpeg
काठमाडौं। फ्रान्समा जारी युरो २०१६ फुटबल प्रतियोगितामा समुह 'सी' अन्तर्गत जर्मनी र युक्रेन बिचको खेल नेपाली समय अनुसार सोमबार बिहान १२:४५मा शुरु हुँदैछ। सन् २०१४को विश्वकप बिजेता जर्मनी युरो २०१६को संभावित बिजता रहेको छ। 
 
जर्मनी र युक्रेन बिच पाँच पटक भेट भएको छ जहाँ जर्मनी अपराजित रहेको छ। पाँच केलमा जर्मनी २मा बिजय भएको छ भने ३ खेल बराबरीमा सकिएको छ। युक्रेन र जर्मनीको ठूलो प्रतियोगितामा यो पहिलो भेट हुनेछ। 
 
तीन पटकको युरो कप बिजेता जर्मनीले तीन अवसरमा समुह चरण पार गर्न सकेको छैन्। सन् १९८४, २००० र २००४मा जर्मनी पहिलो चरणबाट बाहिरिएको थियो। 
 
सन् २०१२मा पहिलो पटक युरोमा छनौट भएको युक्रेन उक्त प्रतियोगितामा समुह चरणबाट बाहिरिएको थियो। सन् २०१२को युरोको सहआयोजकको नाताले युक्रेन छनौट भएको थियो। 
 
बलियो जर्मनीका सामु युक्रेनले आफ्नो पुर्ण शक्ति लगाउने छ। पुर्व सोभियत सँघबाट छुट्टिएको युक्रेनले रुसको फुटबल संस्कृति बोकेर आएको छ। युक्रेन टोली जुझारु भनेर चिनिने गर्छ। 
 
युक्रेनले जर्मनीलाई रोक्ने प्रयास गर्ने छ र अंक बाँडिदा खुशी हुने पक्क छ भने जर्मणि पुर्ण तीन अंक लिएर अघि बढ्ने योजनामा रहेको छ। 
 
जर्मनी
विश्व फुटबलमा जहिले पनि महाशक्ति बज्योजर्मनी । उसले  युरोकप ३ तथा विश्वकप  ४ पल्ट जितेको छ। उसले १९७२, १९८०, १९९०  र सन् २००१४ मा ब्राजिलमा भएको विश्वकपमा अर्जेन्टिनालाई फाइनलमा स्तब्ध पार्दै उपाधि उचालेको थियो । 
 
सन् १९७२ , १९८० तथा १९९६ मा युरोकप जितेको  थियो । युवा टोली रहेको जर्मन टोलीसँग अनुभवको पनि कमी छैन । यही टोलीले सन् २०१४ को विश्वकप जितेको थियो। युरोकपमा सर्वाधिक ११ पल्ट सहभागि भएको जर्मनी ६ पटक फाइनलमा पुगेको छ । 
 
फिफा बरियतामा चौथो स्थानमा रहेको जर्मनी धेरै पटक पहिलो स्थानमा रहेको छ। पछिल्लो मैत्रीपुर्ण केलहरुमा ईङल्याण्ड र स्लोभाकियासँग पराजित रहेको जर्मनीले प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।  
 
 
युक्रेन
सन् १९९१ मा सोभियत संघबाट छुटिएपछी सन् २०१२ मा पहिलो पटक युरोकप आयोजना संयुक्त रुपमा पोल्याण्ड र युक्रेनले गरे । जसमा युक्रेनले आयोजक भएको कारणले सिधै युरोकप खेल्ने मौका पाएको थियो । यो पल्ट भने युक्रेनले छनोट चरण पार गर्दै युरोकप खेल्ने पक्का भयो । 
 
सन् २००६को विश्वकपमा क्वार्टरफाईनल पुगेको युक्रेन त्यसपछि कुनै पनि विश्वकपमा छनौट भएको छैन्। फिफा बरियतामा १९औं स्थानमा रहेको युक्रेनको माथिल्लो बरियता ११औं रहेको छ। सन् २००७ फेब्रुअरीमा ११औं स्थानमा रहेको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ