arrow

कोभिड-१९ र नेपाल

नेपालमा कोरोना बिरुद्धको खोप कहिले आउँछ ?

सर्वसाधारणको पहुँचमा पुग्न करिब दुई वर्ष

logo
प्रकाशचन्द्र जोशी,
प्रकाशित २०७७ पुष २० सोमबार
Covid-vaccine-nepal.jpg

काठमाडौं । विश्व कोरोना भाइरसको माहामारी सुरु भएको दोस्रो वर्षमा प्रवेश गरेको छ ।पहिलो वर्षमा जसरी कोरोना भाइरस संक्रमण परीक्षणको दौड चलेको थियो । त्यसैगरी अहिले कोरोना भाइरसविरुद्धको खोपको परिक्षण र उत्पादनको दौड सुरु भएको छ ।

अमेरिका, बेलायत, क्यानडाजस्ता देशहरुले १० लाखभन्दा बढी मानिसहरुलाई खोप लगाइसकेकन् । यस्तोमा नेपालमा पनि कहिलेसम्म खोप आउँछ भन्ने चासो बढेको छ ।

खोपका विषयमा के भन्छ स्वास्थ्य मन्त्रालय?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले नेपालमा कोरोना भाइरसविरुद्धको खोप प्रयोगमा ल्याउन खोप ल्याउँन मात्रै बाँकी रहेको बताएका छन् ।

स्वास्थ्य मन्त्रालय अन्तर्गत खोपको व्यवस्थापन एवं वितणका लागि खोप सचिवालय र अन्य सातवटा समिति गरेर आठ कार्यदलले काम गरिरहेको डा. अधिकारी बताउँछन् ।

यी सात वटा समितिले फरक फरक काम गरिरहेका छन् । विभिन्न कम्पनीहरुबाट खोप किनेर ल्याउने, ओसारपोसारका लागि पूर्वाधारको व्यवस्था गर्ने, स्वास्थ्यकर्मीलाई तालिम दिनेखोप वितरण कार्यक्रम कार्यान्वयन गर्ने लगायतका छुट्टाछुट्टै काम ती समितिले गरिरहेका छन् ।

मुख्यरुपमा देशभित्र खोप प्रयोगमा ल्याउन आवश्यक पर्ने पूर्वाधार एवं व्यवस्थापनको कामका लागि यी समितिहरुले सबै काम लगभग सकिसकेको डा. अधिकारीको भनाइ छ ।

'खोपको उत्पादन नै सिमिति मात्रामा भएको छ, हामीले खोप ल्याउने प्रकृयाअघि बढाएका छौं, खोप ठ्याक्कै कहिले भित्र्याउन सकिन्छ त्यो भन्न सकिदैन, उनले भने ।

७२ प्रतिशतलाई खोप

सरकारले ७२ प्रतिशत नागरिकलाई खोप लगाउँने भएको छ । के देखिन्छ भने, ७० प्रतिशत जनसंख्या कुनै रोगलाई जित्ने भयो भने बाँकी ३० प्रतिशतलाई रोग सर्दैन, यसलाई हर्ड इम्युनिटी भनिन्छ ।

डब्लुएचओ र गाभीजस्ता संगठनले मिलेर कोरोना भाइरसविरुद्ध अघि सारेको खोप अभियान कोभ्याक अन्तर्गत नेपालजस्तो गरिब मुलुकलाई २० प्रतिशत खोप दिने भएको छ ।

कोभ्याकले २० प्रतिशत नेपालीलाई खोप लगाउँने छ । तर, यो छोटो समयमा सम्भव हुनसक्ने भने देखिँदैन ।

अहिले शक्तिशाली र धनी मुलुकहरुबीच खोप किन्न ठूलो प्रतिस्पर्धा भइरहेको छ । यसका बीचमा संस्थाहरुलाई खोप भित्र्याउन सहज परिस्थिती छैन ।

कोभ्याक अभियानपछि बाँकी रहने ५२ प्रतिशत जनसंख्यालाई खोप सरकारले किनेर ल्याउँनु पर्नेछ ।

सुरुमा सरकारले खोप किन्ने तयारी गरेको छ या कोभ्याक अभियानलाई कुरिरहेको छ भन्ने प्रश्नमा डा. अधिकारीले दुवै कुरा समानान्तर रुपमा भइरहेको बताए ।

कुन खोप आउँछ नेपालमा ?

अहिले विश्वभर १० भन्दा बढी खोप विकासका क्रममा छन् । त्यसमध्ये लगभग ५ वटा खोप आपतकालिन र सामान्य किसिमले प्रयोगमा आउँन सुरु भइसकेको छ ।

खोप पाउँन विश्वबजारमा ठूलो प्रतिस्पर्धा भएका कारण नेपालले कुन खोप ल्याउँन सक्छ भन्ने भने तय भएको छैन् । पूर्वाधार र भाइरसको स्वरुपविरुद्ध अनुकुल पर्ने खोप भित्र्याउने तयारी रहेको स्वास्थ्य मन्त्रालयका अधिकारी बताउँछन् ।

कुन कुन खोप बनिसके ?

फाइजर र बायोएनटेक

अमेरिकी औषधि कम्पनी फाइजरले बनाएको खोप प्रयोगमा आएको छ । यो खोप सुरक्षीत र कोरोनाविरुद्ध९० प्रतिशत प्रभावकारी देखिएको छ ।

दुई डोजमा दिइने यो खोप पहिलो डोज दिएको २१ दिनपछि अर्क डोज दिइन्छ । यसलाई माइनस ७५ डिग्री सेन्टिग्रेट तापक्रममा भण्डार गरेर राख्नुपर्छ ।

मोर्डना

यो खोप ९५ प्रतिशत सफल देखिएको छ भने माइन २० डिग्री सेन्टिग्रेट तापक्रममा ६ महिनाभन्दा लामोसमयसम्म राख्न सकिन्छ । यो खोप पनि २ डोज ४ हप्ताको फरकमा दिइन्छ ।

अक्सफोर्ड र एस्ट्राजेनेका

यो खोप ६०देखि ९० प्रतिशत प्रभावकारी देखिएको छ । दुई डोजमा दिइने यो खोप १२ हप्ताको फरकमा दुवै डोज दिइन्छ । यो खोपलाई माइनस २ देखि ८ डिग्री सेन्टिग्रेट तापक्रममा राख्न सकिन्छ ।

भारत बायोटेक र सेरम इन्स्टिट्युट

एस्ट्राजेनेकाले विकास गरेको खोप भारतमा सेरम इन्स्टिट्युटले उत्पादन गरिरहेको छ, यसलाई 'कोभिसिल्ड नाम दिइएको छ । त्यस्तै भारत बायाटेकले विकास गरेको कोभ्याक्सिन खोप पनि प्रयोगका लागि अनुमति पाइसकेको छ । यो खोप पनि माइनस २देखि ८ डिग्री सेन्टिग्रेट तापक्रममा राख्न सकिन्छ । सुरक्षित देखिएको यो खोप प्रभावकारी पनि देखिएको छ । यद्यपि प्रभावकारी तथ्यांक भने बाहिर आउँन बाँकी छ ।

सिनोफार्म

चिनियाँ खोप उत्पादनक कम्पनी सिनोफार्मले उत्पादन गरेको खोप प्रयोगका लागि चिनियाँ अधिकारीहरुले अनुमित दिएका छन् ।

यो खोप ७९ प्रतिशत प्रभावकारी देखिएको छ । यो खोपको विषयमा अन्य तथ्यांकहरु चीनले सार्वजनिक गरेको छैन ।

कोरोना एक तथ्याङ्क

नेपालमा आइतबारको तथ्यांक अनुसार २ लाख ६१ हजार ८ सय ५९जना कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् ।संक्रमितमध्ये २ लाख ५४ हजार ४ सय ९४ नब्बे जना निको भइसकेका छन् ।

अहिलेसम्म १ हजार ८ सय ७८ जनाले ज्यान गुमाएको आधिकारीक तथ्यांक छ । हाल नेपालमा कोरोना परीक्षण दर घटेका कारण संक्रमण कम देखिएको छ । लकडाउन र सामाजिक दुरीजस्ता सुरक्षाका उपायँ अपनाइएक छैनन् ।

उसो त कोरोना भाइरसलाई सामान्य रुपमा लिन प्रधानमन्त्रीले नै दिर्नेशन दिँदै आएका थिए ।

गत जुनमा राष्ट्रियसभामा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, ‘कोरोना भाइरस भनेको एउटा रुघाखोकी जस्तै हो । लागिहाल्यो भने हाँच्छियु गर्नुपर्छ, तातो पानी खानुपर्छ, उडाइदिनुपर्छ ।

तर, विश्वभर हालसम्म कोरोना भाइरसको संक्रमणबाट १ करोड ८५ लाखभन्दा धेरैले ज्यान गुमाएको आधिकारी तथ्यांक छ । ज्यान गुमाउँनेको संख्या आधिकारीक भन्दा निकै नै बढी हुनसक्ने विज्ञहरु बताउँछन् ।

हालसम्म ८ करोड ५५ लाख भन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् । करिब ६ करोड ४ लाखजति कोरोना संक्रम्णबाट निको भएका छन् ।

खोप नलाए हुँदैन ?

कोरोना भाइरस निरन्तर रुपमा स्वरुप परिवर्तन गर्दै बढी संक्रामक हुँदै गएको छ । मृत्युदर कम देखिए पनि अर्बौं मानिस संक्रमित हुँदा करोडौंले ज्यान गुमाउँछन् । यसकारण कोरोना भाइरसविरुद्धको खोप अत्यावश्यक छ ।

विश्वमा खोप लगाउँन के भइरहेको छ ?

अहिलेसम्म धेरै देशहरुले लाखौं नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।सबैभन्दा अगाडि इजरायल रहेको छ । कुन देशमा कति खोप लगाइयो भनेर तथ्यांक सार्वजनिक गरिरेको आवरवल्र्डडेटाका अनुसार जनवरी ३ सम्म इजरायलमा कुल जनसंख्याको १२.५९ प्रतिशतले खोप लगाइसकेका छन् ।

दोस्रो नम्बरमा बहराइन रहेको छ । बहराइनमा ३.५७ प्रतिशत नागरिकले खोप लगाइसकेका छन् । त्यस्तै तेस्रो नम्बरमा बेलायत रहेको छ । बेलायतमा १.३९ प्रतिशत नागरिकले खोप लगाइसकेका छन् ।

त्यस्तै अमेरिकामा १.२८, डेनमार्कमा ०.५५, चीनमा ०.३१, क्यानडामा ०.३, जमर्नीमा ०.२९ प्रतिशत नागरिकले खोप लगाइसकेका छन् ।

गरिब मुलुकले खोप पाउँन कठिना

विभिन्न संघ संस्था एवं ठूला देशहरुले माहामारीको सुरुवाती चरणमा विश्वभरका नागरिकलाई समान तरिकाले खोप दिइने भन्दै आएका थिए ।

तर, अहिले केही खोप सार्वजनिक र केही परीक्षणको अन्तिम अवस्थामा रहेका बेला विकासोन्मुख र गरिब मुलुकहरुले तत्काल खोप पाउँन सक्ने अवस्था देखिँदैन ।

आफ्नै देशमा खोप उत्पादन गरिरहेका देशहरुले सुरुमा आफ्ना नागरिकका लागि खोप सुनिश्चित गरिरहेका छन् । त्यसपछि मध्यम आय भएका मुलुकहरु खोप उत्पादनक कम्पनीसँग औषधि किन्न प्रतिस्पर्धा गरिरहेका छन् ।

एसिया, दक्षिण अफ्रिका, ल्याटिन अमेरिकाका गरिब मुलुकहरु भने खोपका लागि विभिन्न अन्तराष्ट्रिय सहयोग संस्थाहरुको भरमा छन् । नेपालजस्ता यी मुलुकहरुमा खोप पुग्न नै अझैं धेरै समय लाग्ने देखिन्छ ।

सुरुमै खोप लगाउँन दिने भनेर खोपको क्लिनिकल परीक्षणका लागि छानिएका केही मुलुकहरुमा समेत खोप वितरण भने सुरुमा नहुने भएको छ ।

यसको उदाहरण दक्षिण अफ्रिकालाई नै लिन सकिन्छ । दक्षिण अफ्रिकाको एक कम्पनीमा दैनिक लाखौं खोप उत्पादनको तयारी भइरहेको छ ।

तर, ती खोप सुरुमा युरोप र अन्य मुलुकमा पठाइने छ । जुनदेशले खोप उत्पादन र परीक्षणका लागि सहयोग गर्‍यो त्यो देशलाई नै प्राथमिकतामा राखिएको छैन् ।

यसबाट गरिब मुलुकहरुले सन् २०२१ को मध्य र अन्तिमतिर मात्रै केही मात्रामा खोप पाउँन सक्ने सम्भावना देखिएको छ ।

तर, सरकारी जनखोप अभियानका रुपमा गरिब मुलुकहरुले कोरोनाविरुद्धको खोप पाउँन भने अझैं डेढदेखि दुई वर्ष कुर्नेपर्ने देखिन्छ ।

नेपालमा सन् २०२३ सम्म सर्वसाधरणले खोप पाउँने

हालै, बेलायती अर्थशास्त्री खुफिया एकाई (ईयुआई)ले कस्ता मुलुकले कहिलेसम्म खोप पाउँन सक्छन् भनेर गरेको एक अध्ययन अनुमान सार्वजनीक गरेको छ ।

जसअनुसार, विकसित एवं उच्च आर्थिक अवस्था भएका अमेरिका, जापान एवं विभिन्न युरोपेली मुलुकहरुले सन् २०२१ को सेप्टेम्बरदेखि सन् २०२२ को मार्चसम्ममा सामान्य रुपले खोप पाउँने छन् ।

क्यानडा, चीन, भारत, अष्ट्रेलिया, रुसलगायतका ठूलो अर्थतन्त्र भएका मुलुकमा पनि सन् २०२१ को सेप्टेम्बरदेखि सन् २०२२ को जुनसम्ममा सामान्यरुपले खोप वितरण हुनेछ ।

त्यस्तै केही विकासशिल देशहरुले सन् २०२२ मा सामान्यरुपले खोप पाउँने देखाएको छ ।

नेपाल, पाकिस्तान, अफगानिस्तान, श्रीलंका, सबैजसो अफ्रिकी मुलुक र ल्याटिन अमेरिकाका केही मुलुकका नागरिकले सामान्य अवस्थामा खोप पाउँन भने, सन् २०२२ को अप्रिलदेखि सन् २०२३ सम्म कुर्नुपर्ने देखिएको छ ।

सरकारले के गर्छ ?

नेपालमा कहिलेसम्म खोप पुग्छ भन्ने कुरा अनुमान गर्न सकिने अवस्था छैन् । सत्तारुढदल र सरकारी अधिकारीहरुले छिट्टो खोप ल्याएर विरतण गर्ने भाषण दिइरहे पनि उनीहरु आफै एकिन गरेर भन्न सक्ने अवस्थामा छैनन् ।

माहामारी जस्तो चरम स्वास्थ्य विकरालको अवस्थामा राजनीतिक संकट सिर्जना गरेर देशलाई झनै संकटापूर्ण अवस्थामा लैजाने व्याक्तित्वहरुबाट तत्काल खोप पाउँने आसा नेपाली जनताले गर्न सक्ने अवस्था पनि छैन्।

अर्क कुरा कोरोना भाइरसको माहामारीका बेला समेत स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचारको आरोप खेपेको सरकारले खोप खरिदमा पनि अनेकौं विचौलिया घुसाउने शंका जनमानसमा ब्याप्त रहेको छ यदि नेपाली जनताले भिड-१९ बिरुद्धको खोप पाईहाले पनि चर्को मुल्य तिरन बाध्य हुनपर्ने शंका गर्न थालिएको छ।

यसभन्दा पनि रोचक कुरा भ्रष्टाचार गर्न र गराउँन पर्याप्त पैंसा भएको सरकारले कोरोना विरुद्धको खोप पनि निशुल्क वितरण गर्नेमा समेत दुई मत छ ।कोरोना भाइरसको संक्रमण परीक्षण गर्न समेत शुल्क लिने गरेको कुराले खोप पनि किनेर लाउनु पर्ने अवस्था नआउला भन्न सकिन्न ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार एक कार्यक्रममा बोल्दै नीजि क्षेत्रबाट पनि खोप प्रयोगमा ल्याउन मिल्ने व्यवस्था भइरहेको बताएका थिए ।

यसबाट नेपाल कोरोना भाइरसविरुद्धको खोप सर्वसाधरणले सहजै पाउँन सक्ने गरी आइपुग्न डेढदेखि दुई वर्ष नै लाग्नसक्ने देखिन्छ ।

खोपको बिकास उत्पादनको दर सुस्त

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह पवक्ता डा. अधिकारी खोप बन्नका लागि वर्ष लाग्ने बताउँछन् । अहिले कोरोना भाइरविरुद्धको खोपको चर्चा मात्रै बढी भएको उनको भनाइ छ ।

अहिले थोरै खोप सुरक्षीत र प्रभावकारी देखिएको र खोप सञ्चालनमा ल्याउँन आवश्यक पूर्वाधार समेत पर्याप्त नहुँदा समय लाग्ने उनी बताउँछन् ।

विश्वभर ५० भन्दा बढी खोप तेस्रो चरणको परीक्षणमा छन् । यी मध्ये पन्ध्रबीस खोप मात्रै पनि प्रयोगमा आएर विश्वभर सहजै वितरण गर्नका लागि केही वर्षको समय लाग्ने देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ