arrow

अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीका पिताको स्वास्थ्य सामान्य

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ८ शनिबार
kp-oli-ba-81-8-8.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पिता मोहनप्रसाद ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचाररत आफ्ना पिताको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्रीले जानकारी लिएको उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । 

सामाजिक सञ्जालमाफमा भनिएको छ, “बुबालाई फोक्सोसम्बन्धी समस्या भएर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ, अहिले स्वास्थ्य स्थिति सामान्य छ ।”



नयाँ