अष्ट्रेलियाकी राजदूत जोन्स्टनले गरिन् प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ४ मंगलबार
428
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अष्ट्रेलियाकी राजदूत लिन जोन्स्टनले उनको कार्यकक्षमा आज अपराह्न शिष्टाचार भेट गरेकी छिन् ।
त्यस अवसरमा उनीहरुबीच नेपाल–अष्ट्रेलिया सम्बन्धका साथै आपसी हित र चासोका साझा विषयमा विचार–विमर्श भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
नेपाल र अष्ट्रेलियाबीच ६४ वर्षअघि कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।