arrow

पेस्तोलसहित बाँकेको डुडुवाबाट एक जना पक्राउ

logo
सौरभ गिरी,
प्रकाशित २०७७ पुष २० सोमबार
pakrau-bake.jpg

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीले बाँकेको डुडुवा गाउँपालिका १ का दिपक कुमार चौधरीलाई कटुवा पेस्तोलसहित पक्राउ गरेको हो ।

चौधरीलाई जिल्ला प्रहरीको टोलीले आफ्नै पसलमा बसेको अवस्थामा कम्मरमा लुकाइराखेको कटुवा पेस्तोलसहित पक्राउ  गरेको जनाएको छ । उनलाई जिल्ला प्रहरीले आज गरेको पत्रकार सम्मेलन मार्फत सार्बजनिक गरिएको हो।

बाँके प्रहरीले त्यस्तै अन्य मुद्दाका विभिन्न अभियुक्तहरुलाई समेत  सार्वजनिक गरेको हो।

 त्यस्तै नेपालगन्ज ८ का विपिन बस्नेतलाई नेपालगन्ज ४ तन्नु पान पसल अगाडी रोकिराखेको मोहम्मद जसगरको भे १० प ४७८९ नम्वरको मोटरसाइकल चोरेको अभियोगमा पक्राउ गरेर थप अनुसन्धान भइरहेको बाँके प्रहरीले बताएको छ।

त्यस्तै डुडुवा गाउँपालिका १ खडौचाका राहुल गुप्ता र रुपईडियाका सकिल खानलाई भारतिय नम्वर प्लेटको मोटरसाइकलमा १ लाख ३० हजार मुल्य बराबरको  अवैध सामाग्री नेपालगन्ज ल्याउँदै गर्दा बाँके प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ।

यसैगरी, समय-समयमा हराएका ५५ थान मोबाईल फेला पारेर सम्बन्धित ब्यक्तिलाई प्रहरीले हस्तान्त्रण गरेको जनाएको छ । यौन दुरुपयोगको मुद्दामा अदालतबाट ६ महिना कैद सजाए पाएर फरार भएका नेपालगन्ज १ बस्ने आकाश सार्कीलाई पक्राउ गरिएको छ । उनलाई २०७५ साल फागुन २९ गते अदालतले दोषी ठहर गरेको थियो।बाँके प्रहरीमा प्रमुख भइ एसपी ओम बहादुर राना आगमनसँगै धमाधम विभिन्न अपराधीक घटनाका अभियुक्तहरु पक्राउ पर्दै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ