arrow

कञ्चनपुरको पुनर्वासमा सुकुम्बासीद्वारा आन्दोलन चर्काउने घोषणा

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७७ पुष २० सोमबार
sukumbasi.jpg

पुनर्वास । राज्यले देशैभरका सुकुम्बासीलाई लाजपुर्जा बितरण गर्ने भनिरहेकै बेला कञ्चनपुरको पुनर्वास नगरपालिकाका सुकुम्बासीहरुले भने आन्दोलन चर्काउने घोषणा गरेका छन् । नगरपालिकाले ब्यवस्थित बसोबासका लागि पहल नचालेकाले नगरपालिका भित्र ऐलानि जमिनमा बसोबास गर्दै आएका सुकुम्बासीले जग्गा धनी लाल पुर्जा नपाएको भन्दै आन्दोलित भएका हुन् ।

सोमवार सुकुम्बासी सँघर्ष समिति पुनर्वासले मौन जुलुस तथा धर्ना कार्यक्रम गरेको छ ।  नगरपालिकाको प्राङ्गणमा भएको धर्ना कार्यक्रममा करिब २ हजार जनाको सहभागिता रहेको थियो । स्थानीय सरकार गठन भएको तीन वर्ष बिति सक्दा पनि सुकुम्बासीका लागि कुनै पहल नभएकाले बाध्य भएर आन्दोलन गर्नु परेको उनिहरु बताउछन । स्थानीय निकायलाई ज्ञापन पत्र समेत बुझाईसकेको र अझै बेवास्ता गरिए तालाबन्दी लगायत सशक्त आन्दोलन गर्ने सुकुम्बासी सँघर्ष समितिका सँयोजक जगत सायर बताउछन।

सुकुम्बासीको धर्ना कार्यक्रमलाई पुनर्वास नगरपालिकाकी उप प्रमुख शारदा बिष्टले आफ्नो कार्यकाल भित्रै सुकुम्बासी समस्या समाधान आयोगले दिए जसरी ग्रामिण आवस कम्पनी सँग समन्वय गरेर सुकुम्बासीलाई ब्यबस्थित गरिने बताए । निर्वाचनका बेला आफुले गरेका वचन बद्धताले नबिर्सिएको र छिट्टै पहल कदमी चाल्ने बताए।

आन्दोलनमा सहभागी भएका सुकुम्बासीले चुनावका बेला मात्र आफुलाई सम्झिने त्यसपछि कहिल्यै समस्या बुझ्न नआउने गरेको गुनासो सुनाउछन ।  विभिन्न पार्टीको सरकार बनिसक्दा पनि सुकुम्बासीको समस्या जस्ताको त्यस्तै रहेको बताउछन।

पुनर्वास नगरपालिका भित्र ४२ सय परिवार जग्गा धनी लाल पुर्जा बिहिन रहेको सुकुम्बासी सँघर्ष समितिले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ