arrow

हातेमालोमा तनहु, लमजुङ, गोरखाका सहकारीकर्मीहरुको अवलोकन

logo
प्रकाशित २०७३ जेठ ३० आइतबार
20160612_104225.jpg.jpeg
सिमरा ।  बाराको सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्था तनहु, लमजुङ र गोरखाका सहकारीकर्मीहरुले स्थलगत अवलोकन गरेका छन । मुलुकका उत्कृष्ट सहकारीहरुको स्थलगत अवलोकनका लागि डिभिजन सहकारी कार्यालय तनहुको संयोजनमा आएको टोलीले छ दिने भ्रमणको क्रममा मध्यतराईस्थित हातेमालोलाई चयन गरेको हो । 
 
भ्रमण टोलीलाई स्वागत गर्दै अन्तरक्रिया कार्यक्रममा हातेमालोका अध्यक्ष एवम् नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का सञ्चालक कृष्ण पौडेलले सहकारीहरुवीच असल अभ्यास र अनुभव आदानप्रदानका लागि स्थलगत अवलोकन भ्रमण महत्वपूर्ण हुने बताए । नेपालको सहकारी अभियानमा मध्यतराई र बाराको भूमिका बढदै गएको बताउदै यस्ता सदभावपूर्ण भ्रमणलाई नियमित बनाउनुपर्ने सुनाए । 
 
कार्यक्रममा बोल्दै भ्रमण टोलीका अगुवा एवम् डिभिजन सहकारी कार्यालय तनहुका प्रमुख नारायण कार्कीले मध्यतराईको सहकारी अभियानबाट आफुहरु प्रभावित भएको बताउदै हातेमालोले छोटो अवधिमा हासिल गरेको प्रगतिबाट आफुहरु प्रभावित भएको बताए । ८ वर्षको अवधिमा अभियानको नेतृत्व, आफनै भौतिक संरचना, उत्कृष्ट करदाता, सदस्य सेवा र सामाजिक उत्तरदायित्व बहन जस्ता अनुकरणीय अभ्यास सबैले सिक्नुपर्ने कार्कीले बताए । 
 
डिभिजन सहकारी कार्यालय बाराका प्रमुख कुलोत्तम पोखरेलको अध्यक्षता, हातेमालोका व्यवस्थापक महेश ढुंगेलको सहजीकरण र बरिष्ठ सहकारीकर्मी मुकुन्दबहादुर क्षेत्रीको स्वागतमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा जिल्ला सहकारी संघ तनहुका मदन पण्डित, जिल्ला बचत तथा ऋण सहकारी संघ गोरखाका सचिव सरोज देवकोटा, हातेमालो सहकारीका सचिव यज्ञ आले, कोषाध्यक्ष शिव वाग्ले र ऋद्धिसिद्धीका उपाध्यक्ष बिनोद बरैलगायतले बोलेका थिए । 
 
टोलीलाई अध्यक्ष कृष्ण पौडेलले संस्थाको तर्फबाट मायाको चिनो तथा उपहार प्रदान गरे  । त्यस्तै टोलीका तर्फबाट प्रमुख नारायण कार्कीले संस्थाका अध्यक्ष कृष्ण पौडेल र डिभिजन सहकारी कार्यालय बाराका प्रमुख कुलोत्तम पोखरेललाई उपहार प्रदान गरे । टोलीमा डिभिजन सहकारी कार्यालय तनहुं र तीन जिल्लाका सहकारी संघ संस्थाहरुका प्रतिनिधिहरु गरी ३५ जना सामेल रहेका छन । 
 
केही समययता जिल्ला मुलुकका विभिन्न भूभागबाट हातेमालो सहकारीको स्थलगत अवलोकन गर्न आउने सहकारीहरुको संख्या बढिरहेको छ । ८ वर्षअघि स्थापित हातेमालोले २१०० सदस्यहरुवीच करीव २१ करोडको कारोवार गरिरहेको छ । सदस्यहरुको सम्पूर्ण वित्तिय समाधान र सामाजिक विकासको पहिलो छनोटको परिकल्पनाका साथ हातेमालो समुदायवीच क्रियाशिल रहेको छ । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ