arrow

घरायसी विवादमा नम्रतालाई श्रीमानले हाने खुकुरी

logo
प्रकाशित २०७७ पुष २१ मंगलबार
khukuri1.jpg

इलाम । देउमाई नगरपालिका–८ आमबोटेकी २७ वर्षीया नम्रता राईको हत्या भएको छ ।

मंगलबार बिहान साढे ५ बजे सामान्य घरायसी विवादका विषयलाई लिएर श्रीमतीलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको अभियोग पति ३३ वर्षीय श्रीमान् सुवास राईलाई जिल्ला प्रहरी कार्यालय इलामले लगाएको छ ।  

घटनाबारे जानकारी पाउनासाथ  प्रहरीचौकी जीतपुरबाट खटिएको प्रहरी टोलीले अभियुक्त राईलाई नियन्त्रणमा लिएको छ ।

उक्त स्थानमा जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान अधिकृतसहितको टोलीले अनुसन्धान गरिरहेको र शव परीक्षण गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ