arrow

९० बर्ष पुगिन् महारानी एलिजाबेथ

logo
प्रकाशित २०७३ जेठ ३० आइतबार
queen-in-green.jpg
लन्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितियाले आइतबार ९०औँ जन्मदिन मनाएकी छन् । लन्डनमा बकिङ्गघम दरवार परिसरमा हजारौँ व्यक्तिको सहभागीतामा महारानीले आफ्नो जन्मदिन मनाएकी हुन् । 
 
सो जन्मदिन समारोहमा १० हजार भन्दाबढी व्यक्ति जम्मा भएका अनुमान गरिएको छ । उक्त समारोहमा उनका पति राजकुमार फिलिप र नातिहरु राजकुमार विलियम र हेरी पनि उपस्थिति रहेको बताइएको छ । 
 
राजसंस्था आवद्ध सङ्गठनकर्मीलाई समारोहमा सहभागीताको लागि १५० पाउण्ड बराबरको टिकटको बस्दोबस्त गरिएको बताइएको छ । महारानी एलिजाबेथका नाती तथा पेटर फिलिपका छोरा आनेद्वारा आयोजित यो समारोह कुनै नाफामूलक कार्यको लागि नभएको जनाइएको छ । 
 
महारानीको ९०औँ जन्मदिनको औपचारिक कार्यक्रम बेलायतमा गत शुक्रबारबाट नै सुरु गरिएको थियो । बेलायतमा राजपरिवारको २५० वर्ष अघिदेखिको पराम्पराअनुसार महारानीले वर्षमा दुई पटक जन्मदिन मनाउछिन् । 
 
उनको खास जन्ममिति सन् १९२६ को अप्रिल २१ मा पर्दछ । तर औपचारिक जन्मदिनको रुपमा प्रत्येक वर्ष जुन महिनामा मनाउने गरिएको बताइएको छ । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ