arrow

'मिटर रिडिङ' गर्न गएका व्यक्तिद्वारा बालिकामाथि करणीको प्रयास

logo
विवेक मिश्र,
प्रकाशित २०७७ पुष २१ मंगलबार
Child-rape.jpg.jpeg

मोरङ । मोरङ घर भएका विद्युत प्राधिकरण बेलबारी वितरण केन्द्रमा कार्यरत एकजना मिटर रिडर जवरजस्ती करणी प्रयासमा पक्राउ परेका छन् ।

बेलबारी घर भएकी १३ वर्षीया बालिकामाथि जवरजस्ती करणी गरेको आरोपमा लेखनाथ रिजाललाई प्रहरीले पक्राउ गरेको हो ।

आइतबार मिटर रिडिङ गर्न गएका मोरङको सुन्दरहरैंचा नगरपालिका–२ का ४० वर्षीय रिजालले बलात्कारको प्रयास गरेको आरोपमा रिजाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अभिभावकले किटानी जाहेरी दिएपछि इलाका प्रहरी कार्यलय बेलबारीले रिजाललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको छ ।

आइतवार दिउसो मिटर जाँच गर्न गएका रिजालले ति बालिकाको घरमा कोहि नभएको मौकाछोपि बालिकामाथि बलात्कारको प्रयास गरेका हुन् । रिजाल दश वर्ष अघिदेखी बेलबारी वितरण केन्द्रको मिटर रिडरको रुपमा कार्यरत छन् ।

रिजालविरुद्ध जवरजस्ती करणी उद्योगको मुद्दा चलाउन मंगलबार म्याद थप गरेर अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यलय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ