arrow

रजनिकान्तको प्रभाव : १६० करोडमा बनेको चलचित्रले रिलिज अगावै कमायो २०० करोड

logo
प्रकाशित २०७३ जेठ ३० आइतबार
rajinikanth-kabali-759.jpg.jpeg
एजेन्सी । सुपरस्टार रजनिकान्तको आगामि चलचित्र  'कबाली' रिलीज हुनु पहिले नै २०० करोड कमाएको छ । स्याटलाइट र  डिस्ट्रिब्यूशन राइट्स  बेचर चलचित्रले रिलीज भन्दा पहिलेनै २०० करोड भारतीय रुपैया कमाएको हो । चलचित्र कुल १६० करोड भारतीय रुपैयाको बजेटमा बनेको हो ।
 
भरातिय सञ्चार माध्यमका अनुसार चलचित्र विश्वभरका ५००० स्क्रीनमा देखाइनेछ । कबाली मलेशियन, चीनयाँ र थाईलेण्ड भाषामा डबिङ गरिएको छ । चलचित्र जुलाई १ मा रिलीज हुदैछ । अमेरिकामा चलचित्र ५०० स्क्रीन्समा  प्रदर्शित गरिनेछ ।
 
निर्माता कलाईपुली थानुका अनुसार , कबालीको लागि ५०० स्क्रीन अमेरिकामा हुनेछ । चलचित्रको  प्रमोशनमा पनि पनि निकै ध्यान दिइएको छ ।  एशियाका केहि विमानहरलाई कबाली चलचित्रको रंगमा पेन्ट गरिनेछ । विमानमा यात्रा गर्ने यात्रुहरलाई कबाली स्पेशल मेन्यू सर्भिस गरिन्छ ।
 
कबाली पहिलो टीजर  मई १ मा सार्वजनीक गरिएको थियो । सो टिजर अहिले सम्म २ करोड दर्शकले हेरिसकेका छन् । करीब ६७  सेकण्डको सो टीजरमा रजनीकांतलाई फरक रुपमा देखाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ