arrow

विघटन

'संसद् विघटनको कदम स्वभाविक र संवैधानिक'

logo
प्रकाशित २०७७ पुष २१ मंगलबार
mahesh-basnet.JPG

म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य महेश बस्नेतले युवाहरुलाई सरकारले आगामी वैशाखमा घोषणा गरेको चुनावको तयारीमा जुट्न निर्देशन दिएका छन्।

राष्ट्रिय युवा संघ म्याग्दीले मंगलबार बेनीमा आयोजना गरेको युवा भेलालाई सम्बोधन गर्दै संघका इञ्चार्जसमेत रहेका बस्नेतले ताजा जनादेशका लागि प्रधानमन्त्रीले चालेको संसद् विघटनको कदम स्वभाविक र संवैधानिक भएको बताए ।

“पार्टीका केही नेताले आफ्नो स्वार्थ पूर्ति गर्न सरकारलाई घेराबन्दीमा पारेपछि प्रधानमन्त्रीले बाध्य भएर संवैधानिक अधिकारको प्रयोग गरेर संसद् विघटन गरेर ताजा जनादेशका लागि चुनावमा जाने निर्णय गर्नुभएको हो”, उनले भने । “वैशाखमा हुने चुनावलाई सफल बनाउन तयारीमा लाग्नुहोस् ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ