arrow

माओवादीका कार्यकर्ताद्धारा विद्युत प्राधिकरण ओखलढुंगामा ताला

logo
जीवन शर्मा,
प्रकाशित २०७३ जेठ ३० आइतबार
electricty.jpg.jpeg
ओखलढुंगा। नेपाल विद्युत प्रधिकरण ओखलढुंगामा नेपाल कम्यूनिष्ट पार्टी माओवादीका कार्यकर्ताले ताला लगाएका छन् । केन्द्रीय प्रसाराण लाइनबाट उपलब्ध विद्युत लोडसेडिङ तालिका अनुसार नदिएको भन्दै आज दिउसो माओवादी विप्लव समूहका जिल्ला सेक्रेटरी अमृत सागर लगाएत कार्याकर्ताले ताला लगाएका हुन् । जिल्ला सदरमुकामस्थित विद्युत प्राधिकरणमा ताला लगाई विभिन्न ४ बुदे विज्ञप्ति समेत जारी गरेका छन् ।
 
नेपाल कम्यूनिष्ट पार्टी माओवादीका जिल्ला सेक्रेटरी अमृतसागरको हस्ताक्षरमा प्रकाशित विज्ञप्तिमा ओखलढुंगा विद्युत प्राधिकरणमा भएको लापरवाहीका कारण जिल्लावासी जनताले अन्धकारको सास्ती बेहोर्नु परेको उल्लेख छ । प्राधिकरणमा भएको लापरवाही अन्त्य गरी लोडसेडिङ तालिका अनुसार विद्युत प्रवाह गर्नु पर्ने, राजनीतिक भागवण्डामा नियुक्ति गरिएका कर्मचारीहरु फिर्ता गरी प्रतिस्पर्धाबाट कर्मचारी छनौट गर्नु पर्ने, तार, पोल, ट्रान्समिटर लगाएतका सामाग्री खरिद गर्दा भएको भ्रष्टाचारको छानविन गर्नुपर्ने, र लोडसेडिङको समयमा सदरमुकाम क्षेत्रमा बैकल्पीक विद्युतको व्यवस्था गर्नुपर्ने विज्ञप्तिमा माग गरिएको छ ।
 
ओखलढुंगाका सबै विद्युत कार्यालयमा ताला लगाइने र आफ्ना माग पुरा नगरी प्रधिकरणले ताला खोले जनकारवाही गर्ने नेपाल कम्यूनिष्ट पार्टी माओवादीका जिल्ला सेक्रेटरी अमृत सागरले बताए । प्रधिकरणका ताला लगाएर हिडेका माओवादी कार्याकर्तालाई जिल्ला प्रसाशन कार्यालय ओखलढुंगाले पक्राउ गर्न प्रहरी परिचालन गरेको भएपनि उनिहरु फरार रहेको बताइएको छ । माओवादी कार्यकर्ताले लगाएको ताला प्रहरी प्रसाशनले तोड्न लागेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरिक्षक दिपेन्द्र शाहले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ