- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । एक राजकुमार सेठकी छोरीलाई देखेर मोहित भए। उनले खान-पिउन सबै छोडिदिए अनि दिन-रात चिन्तित रहन थाले। जब राजालाई छोराको यस हालत बारे खबर पुग्यो तब सेठलाई बोलाएर राजाले भने, 'मेरो छोरा राजकुमार तिम्री छोरीको यादमा चिन्तित भएर प्राण त्याग्न लागेका छन्। यसकारण आफ्नी छोरीको विवाह मेरो छोरासंग गरिदेऊ।'
सेठ खुशी हुदै भन्छन्, 'महाराज! मेरी छोरी हजुरको महलमा खुशी र सुखी रहने छिन्, तर म एकपटक छोरीलाई सोधेर मात्र जवाफ दिने छु।'
सेठ घरमा आएर छोरीलाई सबै कुरा सनाए। छोरीले भनिन्,'केहि छैन, तर तपाईंले विवाहको कुरा पक्का नगर्नु होला, पहिले गएर राजकुमारलाई दुई दिनपछि यहाँ आउने निमन्त्रणा दिनुहोस्।'
निमन्त्रणा पाएर राजकुमार एकदमै खुशी भए। बिहानै उठेर नुहाईधोई गरी सेठको घरमा जान तयार हुन थाले। उता सेठकी छोरीले राती पखाला हुने औषधि खाईन जसको कारण उनलाई एकदम पखाला चल्यो । उनले पखाला गएको सबै फोहर माटोको भाडोहरूमा भरेर आफ्नो कोठाको एउटा कुनामा राखिन् अनि गएर आफ्नो पलंगमा सतिन् । पखाला गएकाले उनको अनुहार पहेलो भएर चाउरी पर्यो, शरीर कमजोर भएर उठन पनि नसक्ने भईन्।
राजकुमार सजिएर ठाँटबाटसंग सेठकी छोरीलाई भेटन आए। कोठामा पस्न साथै दुर्गन्धले उनलाई सास फेर्न नै गाह्रो भयो । उनले जोडले सोधे, 'सेठकी छोरी कहाँ छिन्?'
सेठकी छोरीले मुखबाट लुगा हटाएर इशाराले राजकुमारलाई आफ्नो छेउमा बोलाईन र भनिन्, 'सेठकी छोरी म नै हुँ, जसको लागि तिमिले खान-पिउन छोडिदिएका थियौ ।'
राजकुमार भन्छन्, 'होइन, त्यो केटी त एकदमै राम्री थिईन्, तिमी त यस्ती फिक्का छौ, तिम्रो त अनुहार हेर्दा पनि मलाई डर लागिरहेको छ।'
तब सेठकी छोरीले भन्छिन्,'मेरो सुन्दरता हेर्न चाहन्छौ भने, उ त्यो माटोको भाडोहरूमा भरेर राखेकी छु',
राजकुमारले जसै एउटा माटोको भाडोको ढकनी खोले दुर्गन्धले उनको टाउको दुख्न थाल्यो।
सेठकी छोरीले भनिन्, 'घृणा किन गछौं? यहि त मेरो सुन्दरता हो जसलाई देखेर तिमी मोहित भएका थियौ।'
प्रेम दुई प्रकारको हुन्छ । एक प्रेम मायावी (सांसारिक) हुन्छ, जुन प्रेम शरीरसंग गरिन्छ, जुन आज सारा संसारमा फैलिएको छ । अर्को प्रेम हो आत्मिक प्रेम वा ईश्वरीय प्रेम। मानिसहरू दिन-रात शरीरलाई छरितो बनाउन र रुप श्रृंगार गर्नमा लागेर आत्मालाई भुलेका छन । त्यस्ता व्यक्ति मान वा पद पाउन अथवा इन्द्रियहरुको विषयपूर्ति गर्नका लागि अरुलाई प्रेम गर्छ । मायावी प्रेममा त सबै मनुष्य लागेका छन्, तर त्यसमा आनन्द कहाँ?