arrow

आर्थिक समृद्धिका लागि सोच परिवर्तन गर्न आवश्यक : गभर्नर नेपाल

logo
प्रकाशित २०७३ जेठ ३० आइतबार
Chiranjivi-Nepal.jpg.jpeg
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले जनता स्वयम्ले आफ्नो सोचमा परिवर्तन नगरेसम्म देशमा आर्थिक समृद्धि हुन नसक्ने बताएका छन् । 
 
मिडिया इन्टरनेसनलले आज आयोजना गरेको समृद्धिको बाटो : बृहत् आर्थिक कार्यक्रममा गभर्नर डा नेपालले नेपाली जनताले स्वदेशको अवसरलाई आत्मसात् गरेर अघि बढेमात्र देश विकास हुनसक्ने भएकाले युवा वर्गलाई विदेश जाने क्रमलाई छोडी समृद्धितिर लाग्नका लागि आग्रह गरे । 
 
“देशमा लगानी गर्ने व्यक्तिको अभाव छ, बैंक तथा वित्तीय संस्थालाई लगानी गर्ने प्रशस्तै पैसा रहेको छ, उत्साहित रुपमा लगानीका लागि युवा वर्ग सक्रिय हुनुपर्‍यो”– डा नेपालले भने । 
 
उनले कृषि क्षेत्रमा लगानी गर्ने व्यक्तिका लागि पाँच प्रतिशतमा ऋण उपलब्ध गराइरहेको भन्दै उक्त व्यवसाय गर्नका लागि सोहीअनुरुप ऋण लिन आग्रह गरे । 
 
कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले राजनीतिक दलमात्र इमान्दार भई जलविद्युत् क्षेत्रमा लगानी गर्ने हो भने पाँच वर्षमा देश समृद्धितिर लाग्ने विश्वास दिलाए । प्रमुख आयुक्त बाँस्कोटाले कृषिप्रधान देशमा कृषिलाई आधुनिकीकरण गर्न आवश्यक रहेको बताए । 
 
नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले लगानी व्यवसायी र सुरक्षासम्बन्धी चिन्ता राजनीतिक दललाई भन्दा व्यवसायीलाई बढी हुने बताए । 
 
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक ईश्वरीप्रसाद घिमिरेले चालु आवको नौ महिनाभित्र ४६४ अर्ब व्यापार घाटा भएको जानकारी गराउँदै अबको दिनमा व्यापार घाटा कम गर्नका लागि उद्योगी व्यवसायीलाई सरकारले प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । 
 
मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोषले नेपाली जनता अब राजनीतिकतर्फबाट विकासको आशा गर्न छोडी समृद्धितिर लाग्नुपर्नेमा जोड दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ