arrow

टर्की बिरुद्ध क्रोएसियाको सहज जीत

logo
प्रकाशित २०७३ जेठ ३० आइतबार
Euro_Luka_Modric_Tur.jpg.jpeg
काठमाडौं। फ्रान्समा जारी युरो-२०१६को समुह 'डी' अन्तर्गत क्रोएसियाले र्कीलाई १-० गोलले पराजित गर्दै आफ्नो खातामा ३ अंक जोडेको छ। 
 
खेलको ४१औं मिनेटमा क्रोएसियाका लुका मोड्रिकले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। टर्किका डिफेन्डरले क्लियर गरेको बललाई दर्शनिय ढंगले भली हान्दै मोड्रिकले गोल गरेका हुन्। 
 
सन् २०१२को बिजेता स्पेन र बलियो टोली चेक रिपब्लिक रहेको समुहमा क्रोएसियाले स्पष्ट ३ अंक लिंदै दोस्रो चरण प्रवेशकालागि छोका खोलेको छ। 
 
पहिलो हाफमा टर्कीले केही राम्रा प्रयास गरेका भए पनि गोल हुन सकेन भने क्रोएसियाले पनि केही राम्रा मौका गुमाएको थियो। दोस्रो हाफमा क्रोएसियाले एकतर्फी केलको प्रदर्शन गरेता पनि थप गोल भने गर्न सकेन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ