arrow

युरोमा पोल्याण्डको पहिलो जित, उत्तरी आयरल्याण्ड पराजित

logo
प्रकाशित २०७३ जेठ ३० आइतबार
Euro_Poland_NIre.jpg.jpeg
काठमाडौं। पोल्याण्डले युरोमा आफ्नो पहिलो जित हात पारेको छ। समुह 'सी' अन्तर्गत भएको खेलमा उत्तरी आयरल्याण्डलाई १-० गोलले हराउँदै पोल्याण्डले युरोको ईतिहासमा पहिलो जित हात पारेको हो। 
 
यसअघि ६ खेल खेलको पोल्याण्डले ३ खेलमा बराबरी र ३ खेलमा पराजय ब्योहोरेको थियो। खेलको ५१औं मिनेटमा अर्कादिउस मिलिकले गोल गर्दै पोल्याण्डलाई अग्रता दिलाएका थिए। उक्त गोल नै अन्तिम नतिजा हुन पुगेको थियो। 
 
उत्ती आयरल्याण्डका अगाडी परिस्कृत खेल खेलेको पोल्याण्डले केही राम्रा अवसरहरु शृजना गरे पनि गोल भने गर्न सकेन्। उत्तरी आयरल्याण्डले पनि केही राम्रा अवसर गुमाउन पुगेको थियो। 
 
जर्मनी र युक्रेन रहेको समुहमा पोल्याण्डले स्पष्ट ३ अमककासाथ आफ्नो युरोको यात्रा शुरु गरेको छ। खेल अवधि भर पोल्याण्डका दुई केलाडीहरुले पहेलो कार्ड पाएका थिए भने उत्तरी आयरल्याण्डका १ खेलाडीले पहेलो कार्ड पाएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ