जान्वी कपुरको चमत्कार: तीनवटा फिल्म खेलेर ३९ करोडको घर खरिद
प्रकाशित २०७७ पुष २२ बुधबार
647
Shares
काठमाडौं । बलिउड अभिनेत्री जान्वी कपुरले तीनवटा फिल्ममा मात्र काम गरेकी छिन । तर उनले मुम्बईस्थित जुहुमा आफ्ना लागि ३९ करोड भारतीय रुपियाँको घर खरिद गरेकी छन् ।
३ हजार ४ सय ५५ स्क्वायर फिटमा फैलिएको जान्वीको घरमा तीन फ्ल्याट रहेका छन् । २३ वर्षको उमेरमै यति महँगो घर खरिद गरेपछि मानिसहरु चकित परेका छन् । यो समाचार पलपल इन्डियाको अनलाइन संस्करणमा प्रकाशित छ ।
अभिनेत्री स्व. श्रीदेवी तथा निर्माता बोनी कपुरकी जेठी छोरी जान्वी हाल आफ्ना पिता तथा बहिनीका साथ लोखन्डवालामा बस्छिन्।
केही समयअघि नेटफिल्क्सको घोस्ट स्टोरिजमा देखिएकी जान्वी त्यसभन्दा पहिले करण जोहरको ब्यानरमा बनेको गुजन सक्सेनाः द कारगिल गर्लमा देखिएकी थिइन्। अब जान्वीको नयाँ फिल्म रुही अफजा रिलिजकोे तयारीमा छ। उनी हाल गोवामा छुट्टी मनाइरहेकी छिन् ।