arrow

जर्मनीको युक्रेन बिरुद्ध सहज जित

logo
प्रकाशित २०७३ जेठ ३१ सोमबार
Euro_Ger_Ukr.jpg.jpeg
काठमाडौं। युरो २०१६को समुह 'सी' अन्तर्गत जर्मनी र युक्रेन बिचको खेलमा जर्मनी २-०ले बिजयी भएको छ। 
 
खेलको १९औं मिनेटमा सोद्रान मुस्तफीले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए।त्यसैगरि खेलको ९०औं मिनेटमा वास्टियन स्वेनस्टाईगरले गोल गर्दै २-०को जीत दिलाएका थिए। 
 
जर्मनीले केही राम्रा अवसरहरुको श्रृजना गरेको भए पनि थप गोल भने गर्न सकेन त्यसैगरि युक्रेनले पनि केही राम्रा मौका गुमाएको थियो। खेलको एक मात्र पहेंलो कार्ड युक्रेनका यहभेनी कोनोप्लेन्काले ६८औं मिनेटमा पाएका थिए। 
 
जर्मनी युक्रेन बिरुद्धको खेलमा अपराजित रहेको छ। कुल ६ पटकको भेटमा जर्मनीले ३ पटक जितेको छ भने तीन खेल बराबरी रहेका छन्। 
 
समुह 'सी'मा जर्मनी र पोल्याण्डले आ-आफ्नो खेल जितेर अंक तालिकामा पहिलो र दोस्रो स्थानमा रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ