arrow

जाडोले बढायो एलजी एसीको माग

logo
प्रकाशित २०७७ पुष २४ शुक्रबार
lg-ac-dual.jpg

काठमाडौं। जाडो बढेसँगै बजारमा हरेक मौसममा प्रयोग गर्न मिल्ने एल.जीको एसीको माग बढेको छ। एलजी ब्राण्डका एसीमा डुएल इन्र्भटर रहेको छ। एलजीले यसमा थ्री एम प्रोटेक्सन फिल्टर रहेको र यसले अनावश्यक प्रदूषकहरु फिल्टर गर्ने बताएको छ। यसले हावामा रहेका धुलोका कणहरु तथा हावामा रहेको एलर्जी हटाएर वातावरणलाई स्वस्थ्य पार्ने एलजीको दावी छ।

एल.जीको एसीमा वातावरण मैत्री आर ३२ ग्याँस रहेको छ। जसले कुशलतापूर्वक गर्मी प्रदान गर्नुका साथै बिजुली खपत पनि कम गर्ने एल. जीले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ।

एलजीको एसीले ७० प्रतिशतसम्म बिजुली बचत गर्ने दावी गरिएको छ। साथ साथै छिटो तातो र मौसमअनुसार छिटो चिसो पार्ने क्षमता समेत यसमा रहेको बताइएको छ। यस एसीमा १० वर्षको वारेण्टी पनि रहेको एल. जीले जानकारी दिएको छ।

एलजीको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इम्पेक्स प्रालि रहेको छ। 



नयाँ