arrow

उमेशको ‘तिम्रो याद भुलाउन’ शिवको साथ, नरेश र साक्षीको अभिनय 

logo
युबराज रेग्मी, 
प्रकाशित २०७७ पुष २४ शुक्रबार
naresh-shakshi.jpg

झापा । गायक शिव परियारको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ ।  ‘तिम्रो याद भुलाउन’बोलको गीतको भिडियोमा सञ्चारकर्मी नरेश भट्टराई र टेलिभिजनकर्मी तथा मोडल साक्षी लम्सालले फिचर गरेका छ्न् ।  उमेश रेग्मीको शब्द तथा संगीत रहेको गितमा  महाराज थापाले संगीत संयोजन गरेका छ्न् ।

युवराज वाइवाद्वारा निर्देशित भिडियोमा प्रेमिकाले छाडेपछि उसको याद भुलाउन एउटा प्रेमीले मदिराको सहारा लिएको थिम देखाइएको  छ ।                                        याद भुलाउन मदिराको सहारा लिँदा प्रेमीले आफूलाई अझ बिगारिरहेको सन्देश भिडियोमा मार्फत ब्यक्त गरिएको छ ।               

आफूले स्वर दिएको नयाँ गीतबारे गायक शिव परियार भन्छन्, ‘त्यसलाई राम्रो आधुनिक गीतका रुपमा चित्रण गर्न चाहन्छु ।’                     

गीतमा नशा पिएर रमाईलो गर्ने भन्दा पनि नशा पिएर म खराव भएँ भन्ने म्यासेज दिएको देखाइएको छ ।                       

लामो समयदेखि संचारकर्ममा सक्रिय नरेश भट्टराई पछिल्लो समय लगातार म्युजिक भिडियोमा ब्यस्त रहँदै गर्दा  यो भिडियोबाट दर्शकको माया पाउनेमा आफू बिस्वस्त रहेको भट्टराई बताउँछ्न्  ।                  

त्यस्तै यसअघि आधा दर्जन भन्दा बढी भिडियोमा अभिनय गरिसकेकी मोडल साक्षी लम्सालले आफ्नो कामलाई दर्शकले रुचाउनेमा आशावादी रहेको बताइन् ।

लामो समयदेखि अमेरिका बस्दै आएका उमेश रेग्मीको शब्द तथा संगीतमा अहिलेका चर्चित गायक गायिकाले गीत गाइसकेका छन् । अमेरिकामा रहेर पनि नेपाली गीत संगीतमा सक्रिय रेग्मीको ‘बाबाको दुई पैसे जागिर, मेरो याद तिमीलाई आउँछ आउँदैन’, ‘मैले गर्ने मायामा’, ‘प्रिय तिम्रो तस्विर’, ‘छोरी’ लगायत गीत चर्चित छन् ।

सुनसरी इनरुवा निवासी रेग्मी लामो समय धरानमा संघर्ष गरेर अमेरिका पुगेका हुन् । रेग्मीले आफ्नो जन्मस्थलको सम्झनामा सुनसरी इनरुवालाई समेटेर गीत बनाइरहेको र उक्त गीत छिट्टै सार्वजनिक गरिने उनले बताए ।

निसल पौडेलले छायाँकन गरेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् । गीतको भिडियो गोत्र इन्टरटेन्टमेन्टको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ