arrow

सबैको साझा लक्ष्य समृद्ध नेपाल : मन्त्री गुरुङ

logo
प्रकाशित २०७७ पुष २४ शुक्रबार
madhiveshan.JPG

पोखरा ।  गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले समृद्ध नेपाल निर्माण गर्ने सबैको साझा लक्ष्य भएकाले सरकार निजी क्षेत्रसंग हातेमालो गर्दै अघि बढ्न तयार रहेको बताएका छन् । पोखरा उद्योगा वाणिज्य संघको ३३ औं महाधिवेशन उद्घाटन गर्दै मन्त्री गुरुङले भएपनि समृद्ध नेपालका लागि सबैले हातेमालो गर्दै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।

देश अघि बढाउने मेरुदण्ड निजी क्षेत्र भएकाले उद्योगी व्यवसायीका समस्याप्रति सरकार गम्भीर रहेको भन्दै उनले उद्योगी व्यवसायीका साझा समस्यामा संगै बसेर छलफल गर्न सरकार तयार रहेको स्पष्ट पारे ।

मन्त्री गुरुङले अबको राजनीतिक निकास जनताबाहेक कसैले दिन नसक्ने स्पष्ट पारे । उनले आफ्नै पार्टीबाट अविश्वासको प्रस्ताव आएपछि बाध्य भएर संसद भंग भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको वचाउ गरे । लोकतान्त्रिक अभ्यासलाई मान्ने हो भने अब चुनावमा जानुको विकल्प नभएको भन्दै मन्त्री गुरुङले यसबाट दायाँबायाँ गरिए ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ