arrow

थप पाँच सय चौवन्नमा संक्रमण पुष्टि, छ जनाको मृत्यु

logo
प्रकाशित २०७७ पुष २४ शुक्रबार
covid-test-positive-corona.jpg

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ५५४  जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय पाँच हजार २६९  जनाको स्वास्थ्य परीक्षण गर्दा १८८ महिला र ३६६  पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

शुक्रबारसम्म नेपालमा कोरोना भाइरस संक्रमितको सङ्ख्या दुई लाख ६४ हजार १५९  पुगेको छ । त्यस्तै पछिल्लो समय थप ५८५ निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ५७ हजार २२९  पुगेको छ । जसमा निको हुने दर ९७ दशमलव चार प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।

अहिले देशभर पाँच हजार २१ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ३३८ जना क्वारेन्टिनमा रहेका छन् भने अन्य  आइसोलेसनमा रहेका छन् । हालसम्म  १९ लाख ७४ हजार ५६१  को पिसिआर परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २०७  जनामा  कोरोना भाइरस संक्रमण पुष्टि भएको छ जसमा ९० महिला र ११७ पुरुष छन् ।  हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ९०९ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप छ जनाले ज्यान गुमाएका मन्त्रालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ