arrow

तरकारी खेतीबाट मासिक १० हजार आम्दानी

logo
लोकेन्द्र खनाल,
प्रकाशित २०७३ जेठ ३१ सोमबार
rukum-farmer.jpg.jpeg
रुकुम। देशमा काम छैन बेरोजगार भईयो भन्दै दैनिक रुपमा विदेश जानेको लरकोनै लाग्ने गर्दछ। ततर रुकुमको चौखावाङ्ग गाविस वडा नं. ४ होलामा बस्ने रुपलाल ओलीले हिजो आज तरकारी खेतीबाट नै मासिक १० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्। केहि समय पहिलेसम्म आफ्नो घर परिवार चलाउनको इन्डीया गएर पैसा कमाउने यात अर्काको काम गरेर पैसा कमाउनु पर्ने बाध्यतामा रहेका ओलीले हिजो आज तरकारी खेती गर्न सुरु गरेपछि मासिक रुपमा १० हजारसम्म आम्दानी गर्न लागेका हुन।
 
केहि समय पहिले जिल्ला विकास समिति रुकुम अन्तरगत नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमको आर्थिक सहयोग र जिल्ला कृषि विकास कार्यालय रुकुमको प्राविधिक सहयोगमा उन्नत खाले तरकारी खेती सम्बन्धि तालिम दिएपछि उनको दैनिकी परिवर्तन भएको हो।
 
आर्थिक अभावका कारण उच्च शिक्षा लिन नपाएका र घरपरिवार सञ्चालनको लागि निकै समस्या झेल्दै आएका ओलीको तरकारी खेती सुरु गरेपछि दैनिकी परिवर्तन भएको छ। तरकारी खेती सुरु गरेदेखी अहिले आफ्ना छोराछोरीलाई पढाउन, परिवारमा आवश्यक पर्ने सबै समाग्रीको व्यस्था गर्नको लागि निकै सजिलो भएको उनले बताए। तालिम पाएपछि उन्नतखालको तरकारी खेती सञ्चालन गर्न, तरकारीमा लागेका रोग किरा नियन्त्रण गर्ने लगायतका बारेमा समेत जानकारी भएपछि सहज भएको ओलीको भनाई छ।
 
अहिले २ सय वर्गमिटर क्षेत्रफलमा तरकारी खेती गरेका उनको बारीमा अहिले टमाटर, सिमी, बोरी, भान्टा लगायतका तरकारीहरु रहेका छन्। घर खर्च सञ्चालन गर्नको लागि इन्डीया जानुपर्ने र अर्काको काम गर्नुपर्ने समस्या हटेर गएको र आफ्नै खेतवारीमा रमाएर आर्थिक आम्दानी राम्रो हुने गरेको छ रुपलालले बताए। 
 
उन जस्तै जिल्लाका दर्जन बढि किसानले अहिले तरकारी खेतीबाट राम्रो आम्दानी गरेको जिल्ला विकास समिति रुकुम अन्तरगत नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमका जिल्ला जलवायु परिवर्तन संयोजक भक्त भण्डारीले बताए । उनका अनुसार जिल्लाका आठ गाविसका तीन दर्जनभन्दा वढि युवा कृषिहरुले अहिले कृषि तालिम लिएर आधुनिक तरकारी खेतिबाट राम्रो आम्दानी गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ