arrow

वालिङमा सडक कार्यालयको माग

logo
प्रकाशित २०७३ जेठ ३१ सोमबार
Syangja-hamrakura.jpg.jpeg
स्याङ्जा। वालिङ उद्योग वाणिज्य संघले वालिङमा सडक डिभिजन कार्यालय माग गरेको छ। संघले नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा व्यवस्थापिका संसद धनराज गुरुङ र स्याङ्जा क्षेत्र नं. १ बाट निर्वाचित संसद राजु थापालाई वालिङमा सडक कार्यालयको सव डिभिजन कार्यालयको माग गर्दै ज्ञापनपत्र बुझाउदै माग गरेको हो। वालिङमा भौतिक पुर्वाधार भएको सडक कार्यालयको बेस क्याम्प रहेर पनि उक्त कार्यालयबाट कुनै काम नभएकाले यसको पुर्णताको लागि संघका अध्यक्ष शोभाकान्त पौडेलले जानकारी दिए। नेपाल प्रेस युनियन स्याङ्जा शाखाले आयोजना गरेको प्रेस युनियनका केन्द्रीय सचिव सुर्यकुमार क्षेत्रीको ४५ औं दिनको पुण्य तिथिमा श्रदाञ्जली सभामा सहभागी हुन आएका दुई सांसदद्धयलाई संघले स्वागत तथा भेटघाट कार्यक्रमको आयोजना गरी सो ज्ञापनपत्र बुझाएको हो।
 
ज्ञापनपत्र बुझाउदै संघका अध्यक्ष पौडेलले स्याङ्जा जिल्ला सडक सञ्जालको चापबढी रहेकाले वालिङमा सव डिभिजन कार्यालयको आवश्यकता परेको बताएका थिए। पाल्पा, गुल्मी, पर्वत, कास्की, तनहुँ लगायतका जिल्लामा स्याङ्जाबाट सडक सञ्जालले छोएको हुदा कार्यालयको महशुस भएको अध्यक्ष पौडेलले बताए। स्याङ्जाका सडकहरुको मर्मत तथा कालोपत्रे गर्नका लागि खोलीएको टेण्डरका लागि समेत पोखरा पुग्नुपर्ने भएको हुदा निर्माण व्यवसायीलाई समेत अफठ्यारो भएकोले यस कार्यालय स्थापनाका लागि काँग्रेसका केन्द्रीय सदस्य तथा संसद गुरुङ र अर्का संसद थापालाई ज्ञापनपत्र बुझाउदै आग्रह गरे। करिव १० रोपनी जग्गा समेत रहेको सडक कार्यालयको भौतीक पूर्वाधार समेत कार्यालय नहुँदा प्रयोग विहिन अवस्थामा पुगेको समेत अध्यक्ष पौडेलले जानकारी गराए। 
 
अध्यक्ष पौडेलले सडक कार्यालय स्थापना भएमा स्याङ्जाका सडकहरुको अवस्था राम्रो हुने र स्याङ्जाको आर्थिक, सामाजिक रुपमा जिल्लाको विकास हुने बताए। पौडेलले संसदद्धयलाई बुझाएको ज्ञापनपत्रमा वालिङ देखि गह्रौसुर हुदै चापकोट सम्मको केवुलकार संचालन, आन्तरिक राजस्व कार्यालय स्थापना, करदाता सेवा केन्द्र, यातायात व्यवस्था कार्यालयको सेवा केन्द्र, राजस्व बैंक, नोट कोष लगायत कार्यालय स्थापनामा पहल गरिदिन आग्रह गरेका छन्।
 
ज्ञापनपत्र बुझ्दै काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद गुरुङ्ले स्याङ्जाको विकासका लागि आफुले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरे।
 
वाणिज्य संघले पेश गरेको ज्ञापनपत्रले स्याङ्जाको विकासमा टेवा पुग्ने खालका कार्यालयहरु भएकाले यसको स्थापनाका लागि आजैबाट सरकारको ध्यानाकर्षण गराउने गुरुङले बताए। अर्का सांसद थापाले संघले अगाडी सारेको कार्ययोजनामा आफुले पनि सक्दो पहल गर्ने बताए । संघले स्थापनाका लागि पेश गरेको कार्यालय स्याङ्जामा नहुँदा स्याङ्जाबासीलाई परेको अफठ्यारो भएको महशुस आफुले पाएको थापाले बताए। 
 
उक्त स्वागत तथा भेटघाट कार्यक्रममा संघले नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, गण्डकी अंचल संयोजक टंक अधिकारीलाई समेत स्वागत गरेको थियो।  दुवै पत्रकारद्धयलाई पनि यस बारेमा कलम चलाई दिन संघका अध्यक्ष पौडेलले आग्रह गरेका थिए । स्याङ्जाको समग्र विकासका लागि नीजि क्षेत्र वालिङ उद्योग वाणिज्य संघले खेलेको भुमिकाको पत्रकारद्धयले प्रंससा गरेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ