arrow

केपी ओली माइनसमा कि प्लसमा निर्वाचनमा गएर हेरौं : प्रधानमन्त्री 

logo
प्रकाशित २०७७ पुष २६ आइतबार
KP-rastrsava.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन संविधान अनुसार नै गरिएको दाबी गर्दै निर्वाचन घोषणा भइसकेकाले मैदानमा आउन असन्तुष्ट पक्षलाई चुनौती दिएका छन ।

आइतबारको राष्ट्रिय सभाको बैठकमा धारणा राख्दै प्रधानमन्त्री ओलीले केही व्यक्ति केपी ओली माइनसमा गयो भन्दै हल्ला गर्दै हिडेको बताउँदै निर्वाचन घोषणा भइसकेकाले माइनस प्लसमा को छ भन्ने हेर्न निर्वाचनमा आउन चेतावनी दिए ।

‘केही मान्छे केपी ओली माइनसमा गयो भन्दै हिडेका छन, माइनमा छ कि प्लसमा भन्ने निर्वाचनले देखाउँछ, निर्वाचनमा गएर हेरौं,’ प्रधानमन्त्री ओलीले बैठकमा धारणा राख्दै भने ।

उनले निर्वाचन भन्ने बित्तिकै केहीलाई सातो गएको भन्दै जनताको सरणमा जान आत्तिनु नपर्ने बताए ।  ‘प्रभुको सरणमा जानुस भनेको होइन, जनताको सरणमा जानुस भनेको हो, अब निर्वाचनमा आएर रेस्लिङको बेल्ट लगाऔं,’ प्रधानमन्त्री ओलीले धारणा राख्दै भने । 

धारणा राख्ने क्रममा पुष्पकमल दाहाल प्रचन्डप्रति लक्षित गर्दै उनले निर्वाचनबाट जितेर आएको प्रधानमन्त्रीलाई केही व्यक्ति हटाउन लागि परेको र आफूले नै दिएको अवसरको दुरुपयोग गरेर सिंह बन्न खोजेको समेत आरोप लगाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ