arrow

अमेरिकाको फ्लोरिडामा गोली हान्ने व्यक्ति समलिङ्गी विराधी

logo
प्रकाशित २०७३ जेठ ३१ सोमबार
onard.jpg.jpeg
फ्लोरिडा (संयुक्त राज्य अमेरिका) । संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यको ओल्र्याण्डो सहरमा अवस्थित रात्रि क्लबमा गोली चलाएर ५० जनाको हत्या गर्ने व्यक्ति समलिङ्गी विरोधी रहेको खुलेको छ । सो रात्रि क्लबमा एक जना सशस्त्र बन्दुकधारीले आइतबार गोली चलाउदा कम्तीमा पनि ५० जनाको मृत्यु भएको थियो । अरु दर्जनौँ घाइते भएका छन् । 
 
अफगान मूलको अमेरिकी नागरिक ओमार मातिनले सुरुमा सो क्लबमा मनोरञ्जनरत रहेका केही युवालाई बन्धक बनाएको र उनीहरुलाई छुटाउने क्रममा आफैँले बन्दुक हानेर हत्या गरेको थियो । फेडेरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई) ले सो रात्रि क्लबमा मनोरञ्जन गरिरहेका युवालाई बन्धक बनाएको खबरपछि प्रहरी बन्धक युवालाई छुटाउन त्यहाँ पुगेको तर सो कार्य सकुसल रुपमा सम्पन्न हुन सकेको थिएन । त्यस दुर्भाग्यबस भएको घटनामा परी कम्तिमा ५० जनाको मृत्यु हुन गएको बताइएको छ । त्यस क्रममा अरु पनि दर्जनौँ व्यक्ति घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ । 
Attack: A woman sits on the ground outside the club while another party-goer, whose legs are covered in blood, stands beside her
त्यस आक्रमणमा सम्लग्न व्यक्तिको प्रहरीको गोली लागी मृत्यु भएको छ । प्रहरीले आक्रमणको मुख्य पात्र ओमारका बारेमा खोजी गरेको थियो । त्यस क्रममा प्रहरीले उक्त हत्याराको बुबासँग पनि कुराकानी गरेको छ । कुराकानीका क्रममा उसका बुबाले आफ्नो छोरा यसअघि पनि समलिङ्गीको विरोध गर्ने गरेको जानकारी गराएका प्रहरीको पछिल्लो प्रतिवेदनमा जनाएको छ । 
 
क्लबमा पनि उसले समलिङ्गीको विरोध गर्ने गरेको र कहिलेकाहीँ श्रीमती पनि पिट्ने गरेको पाइएको प्रहरीको पछिल्लो अनुसन्धानमा पाइएको प्राप्त पछिल्लो एक समाचारमा जनाइएको छ । उ मानसिक रुपमा पनि ठीक नपाइएको स्वास्थ्य प्रमाणपत्र पनि प्रहरीले हात पारेको जनाएको छ । एक निजी संस्थामा सुरक्षा अधिकारीका रुपमा काम गर्ने गरेको प्रहरीले जनाएको छ । 
 
त्यस घटनाको जिम्मेवारी आइएसले लिएको छ । घटना भएको लगत्तै आतङ्कवादी संस्था आइएसले त्यस आक्रमणको जिम्मेवारी लिएपछि प्रहरीले उसको बारेमा अनुसन्धान थालेको हो । प्रहरीले त्यस व्यक्तिको सम्बन्ध आतङ्कवादी संस्था आइएससँग छ कि छैन भन्ने बारेमा खोजी गरेको थियो । खोजीका क्रममा प्रहरीले त्यस्तो प्रमाण भने नभेटेको जनाएको छ । 
A mini van pictured at the scene of the shooting has been confirmed as the vehicle used by Omar Mateen, 29, from Port St. Lucie in Florida
तर सो हमलाका क्रममा भने उसले ९÷११ भनेर नाम लिएको थियो । सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा अल कायदाले हमला गरी तीन हजार भन्दा बढी नागरिकको ज्यान लिएको थियो । आक्रमणका क्रममा उसले त्यस शब्दको उच्चारण गर्नुबाट पनि उसको ती आतङ्कवादी संस्थासँग सम्बन्ध हुनसक्ने अनुमानका आधारमा प्रहरीले सो अनुसन्धान गरेको हो । 
 
फ्लोरिडाको मध्यभागमा अवस्थित ओल्र्याण्डो सहरको उक्त रात्रि क्लबमा मनोरञ्जन गरिरहेका समलिङ्गी युवाहरूलाई आइतबार बिहानीपख बन्धक बनाएपछि प्रहरीले बन्धकलाई छुटाउने क्रममा उसले गोली चलाएको थियो । आक्रमणमा ओमारमात्र थियो वा उसको साथमा अरु पनि थिए भन्ने बारेमा प्रहरीले अन्तिम निष्कर्ष निकालीसेको छैन । त्यहाँ मारिएकामा पनि आक्रमणकारी रहेको अनुमान प्रहरीले सुरुमा गरेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ