arrow

अमेरिकी हत्याकाण्डको विरोधमा फ्रान्सको आइफेल टावर रङ्ग्याइने

logo
प्रकाशित २०७३ जेठ ३१ सोमबार
euro-2016-eiffel-tower-colors-twitter-facebook-instagram-fans.jpg.jpeg
पेरिस । अमेरिकाको ओल्र्याण्डोमा भएको हत्याकाण्डको विरोध तथा अमेरिकी नागरिकप्रति ऐक्यवद्धता जनाउन सोमबार राति फ्रान्सको राजधानी पेरिसमा रहेको आइफेल टाउरमा अमेरिकी झण्डाको रङ्गमा रङ्ग्याइने भएको छ । 
 
सोमबार साँझ अमेरिकाको झण्डाको रङ्ग रातो, सेतो र नीले रङ्गले आइफेल टाउरलाई उज्यालो पारिने भएको पेरिसबाट प्राप्त समाचारमा जनाइएको छ । पेरिस नगरले सोमबार सो कार्यक्रम राखेको विज्ञप्तिमार्फत जानकारी दिएको समाचारमा जनाइएको छ । त्यसैगरी पेरिस नगरको हलमा पनि फ्रान्सेली झण्डा र त्यसको साथमा समलिङ्गी समुदायहरुको रेन्बो झण्डा फहराइने भएको बताइएको छ । 
 
पेरिस नगरका नगरप्रमुख आन्नी हिदाल्गोले भने – अमेरिकामा भएको सो नरसंहारपछि अमेरिकी नागरिकहरुप्रति ऐक्यबद्धता जनाउनुको साथै उनीहरुप्रति सान्त्वना प्रदान गर्न यो कार्यक्रम राखिएको हो । संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यको ओल्र्याण्डो सहरमा अवस्थित रात्रि क्लबमा गोली चलाएर एक व्यक्तिले कम्तीमा पनि ५० जनाको हत्या गरेको थियो । 
 
आइतबारको सो घटनाको विश्वव्यापी रुपमा निन्दा भएको छ । साथै विश्वका नागरिकले अमेरिकीलाई समवेदना पनि पठाएका छन् । सो रात्रि क्लबमा एक जना सशस्त्र बन्दुकधारीले आइतबार गोली चलाउदा कम्तीमा पनि ५० जनाको मृत्यु भएको थियो । अरु दर्जनौँ घाइते भएका छन् । घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ