arrow

ठूला क्लबको धनी स्पेनलाई रोक्ला चेक रिपब्लिक ?

logo
प्रकाशित २०७३ जेठ ३१ सोमबार
spain-vs-cZech.jpg.jpeg
एजेन्सी । युरोपियन च्याम्पियनसिप युरोकप फुटबलमा समूह ‘डी’ को खेलमा सोमबार (आज) साँझ फुटबल पावर हाउस स्पेन र चेक रिपब्लिक आमने सामने हुँदै छन् । यी दुई बीचको खेल स्टेडियम म्युनिसिपलमा पौने ७ बजे हुनेछ ।  
 
डेफेन्डिङ्ग च्याम्पियन स्पेनले विश्व फुटबलमा एक छत्र राज गरिरहेको छ । सन् १९६४ मा पहिलो पटक युरोकपमा सहभागि भएको स्पेन सन् २०१६ भन्दा अघिसम्म ९ पल्ट युरोकप खेलिसकेको छ । ९ पटकको सहभागितामा उसले ३ पटक उपाधि जितेको छ भने एक पटक उप–विजेता भएको छ  । सन् २०१० को विश्वकप विजेता टोलीले यो युरोकपको लागि भएको छनोट चरणमा भएको १० खेलमा ३ गोल मात्र खाँदै २३ गोल गरेको थियो । यो युरोकपको उपाधिको दावेदार मानिएको यो टोलीमा युवा खेलाडीलाई प्राथमिता दिइएको छ । जस कारण फर्नान्डो टोरेस तथा डिएगो कोस्टा जस्ता हस्तीहरु यो युरोकप बाहिरैबाट हेर्न बाध्य छन् ।
 
यता, सन् १९९६ बाट निरन्तर युरोकप खेल्न सुरु गरेको चेक रिपब्लिक सन् २०१६ सम्म गरेर कुल ६ पटक छनौट भएको छ ।  युरोकपमा उसको सबै भन्दा सुखद प्रदर्शन सन् २००४ मा पोर्चुगलमा भएको युरोकप को सेमिफाइनल सम्म पुग्नु हो । सेमिफाइनलमा ग्रिस सग १–० ले पराजित हुँदै घर फर्किएको थियो । हालसम्म ९ पटक विश्वकप खेलेको चेक २ पटक उपविजेता भएको छ ।
 
तर, चेक रिपब्लिकको  इतिकास अर्कै छ । १९६० मा भएको पहिलो युरोकप खेलेको चेकोस्लोभाकिया १९९६ मा आउँदा चेक रिपब्लिक भइसकेको थियो । यद्यपि, चेकोस्लोभाकियाको नामबाट सन् १९७६ मा जितेको उपाधि चेक रिपब्लिको नाममा छ । तर चेक रिपब्लिकको नामबाट भएको सहभागितमा उसले उपाधि जित्न सकेको छैन । यसैबीच, अघिल्लो युरोकपमा चेक रिपब्लिक फाइनल वार्मअपमा साउथ कोरियासंग २–१ ले हारेको थियो । त्यसको एक दिन अघि स्पेनले साउथ कोरियालाई ६–१ गोल अन्तरले पराजित गरेको थियो । 
 
हेड टु हेड 
स्पेन र चेक रिपब्लिकबीच चार पटक हेड टु हेड भेट भएको छ । जसमा ३ खेल स्पेनले जितेको छ भने एक खेल बराबरी हुँदा चेक रिपब्लिकले ३ खेल गुमाएको छ । पोल्याण्ड र युक्रेनले संयुक्त रुपमा आयोजना गरेको सन् २०१२ को युरोपियन च्याम्पियनसिप क्वालिफिकेसनमा होम एण्ड अवेका दुवै खेल जितेको थियो । अवे मा २–० र होम म्याचमा २–१ ले विजयी भएको रेकर्ड छ । यस्तै, १९९८ मा फ्रान्सले आयोजना गरेको विश्वकप क्वालिफिकेसनमा स्पेनले होम म्याच जित्दा अवे म्याचमा चेक रिपब्लिकले गोलरहित बराबरीमा रोकिदियो । स्पेनले होम म्याच १–० ले जितेको थियो । 
 
स्पेनमा ठूला क्लबका खेलाडीको भीड 
स्पेनको टोलीमा सबै प्रतिष्ठीत इङ्गलिश र स्पेनिश क्लबका खेलाडीको भीड छ । यद्यपि, फर्नान्डो टोरेस र डिएको कोस्टाको अभाव रहने छ । टोलीमा इङ्गलिश क्लब चेल्सीका पेड्रो रोड्रिग्वेज, इटालीयन क्लब युभेन्टसका अल्भारो मोराटा, स्पेनिश क्लब रियाल मड्रिडका लुकास भाज्ग्वेज, स्पेनिश क्लब एथ्लेटिक बिल्बाओका एरिज एडुरिज फरवार्ड छन् ।
 
बार्सिलोनाका आन्द्रेस इनिएस्टा र सर्जिओ बुस्केट्स, म्यान्चेस्टर सिटीका डेभिड सिल्भा, एथ्लेटिको मड्रिडका कोके र जर्मन क्लब बायर्न म्युनिखका थिएगो अल्कान्तारा मिडफिल्ड सम्हाल्दै छन् । यस्तै बार्सिलोनाका जेरार्ड पीकु, रियालका सर्जिओ रामोस र चेल्सीका सिर्जरा फिलिक्वेटा जस्ता खेलाडी डिफेन्डर छन् । यस्तै म्यान्चेस्टर युनाइटेडका गेभिड डी ह्या, सेभियाका सर्जिओ रिको किपर छन् । जसले चेक रिपब्लिक दबाबमा हुनेछ । यद्यपि, चेक रिपब्लिकको टोली बलियो भएकाले स्पेनलाई त्यति सजिलो भने हुने छैन । 
 
चेक रिपब्लिकमा आर्सनलका दुई खेलाडी मात्रै छन् । अन्य खासै नाम नसुनिएका क्लबका खेलाडी भएपनि युवाहरुको बर्चश्व छ । मिफिल्डमा आर्सनलका टामस रोस्की छन् भने, पेट्र सेच किपर छन् । एक नम्बर जर्सी लगाउने सेच स्पेनका लागि घातक बन्न सक्छन् । प्रतिष्ठीत क्लबका खेलाडी कम भएपनि प्रदर्शनका हिसाबले चेक निकै बलियो मानिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ