arrow

यी हुन् अवैध सम्बन्धले ३ वर्षे प्रतिबन्ध लागेकी अभिनेत्री

logo
प्रकाशित २०७३ जेठ ३१ सोमबार
banned.jpg.jpeg
एजेन्सी । अभिनेत्री निकिता ठकराललाई एक कलाकारसँग अवैध सम्बन्धको आरोपमा चलचित्र क्षेत्रमा  तीन बर्ष प्रतिबन्ध लगाइएको थियो ।
 
यी अभिनेत्रीले यस बर्ष रिलिज भएको चलचित्र ' ट्राफिक' मा अभिनय गरेकी छन् ।  उनले तमिल, तेलुगु, मलयालम र कन्नड़ भाषाको चलचित्रमा अभिनय गरिसकेकी छन् । उनी दक्षिण भारतको चर्चीत अभिनेत्रीको सुचिमा रहेकी छन् । भारतिय अनलाइनका अनुसार सन् २०११ मा निकिता माथि कन्नड़ कलाकार टी दर्शनसँग अवैध सम्बन्ध राखेको आरोप  लगेको थियो  । सो आरोप दर्शनको श्रीमती  विजय लक्ष्मीले लगाएकी हुन् । उनका अनुसार निकिताको कारण दर्शनले उनि माथि हातपात गर्दथे ।
 
विजयलक्ष्मीले दर्शन बिरुद्ध घरेलू हिंसाको मामिलामा उजुरी दर्ता गराएकी थिइन्  । जसको कारण दर्शनलाई  प्रहरीले पक्राउ गरेको थियो ।  विजयलक्ष्मीले उजुरी फिर्ता लिएपछि  प्रहरीले दर्शनलाई जेल मुक्त गरिएको थियो । तर अवैध सम्बन्धको आरोप निकिताको लागि महङगो सावित भयो । कन्नड चलचित्र प्रोड्यूसर्स एसोसिएशनले उनलाई १० सेक्टेम्बर २०११ देखि तीन बर्षको लागि चलचित्र क्षेत्रमा प्रतिबन्ध लगायो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ