arrow

स्वर्णिम इतिहास बोकेको ईटलीलाई बेल्जियमले कडा टक्कर दिने

logo
प्रकाशित २०७३ जेठ ३१ सोमबार
Belgium-vs-Italy-Prediction.jpg.jpeg
काठमाडौं। बेल्जियमका कप्तान इडेन हाजार्ड ट्रेनिङ सेसमा घाइते भएपनि ईटालीसँगको खेलमा फिट हुने बताइएको छ। भिनसेन्ट कोम्पानी, निकोलस लोमबाएर्ट्स जोन एन्गेल्स घाइते भएर बेल्जियम टोली बाहिर रहेका छन् । बेल्जियम र ईटाली ५ पटक एक अर्का विरुद्ध खेलेका छन् । पाँच खेलमा ईटाली२ खेलमा विजयी भएको छ भने बेल्जियमले १ खेलमा जित हासिल गरेको छ। 
 
सन् २००० को युरोकपको समूह चरणमा ईटालीले बेल्जियमलाई २–० गोलले पराजित गरेको थियो । सन् १९८० को युरोको समूह चरणमा गोलरहित बराबरी खेलेका थिए भने ७२ को युरोमा बेल्जियमले २–१ गोलले पराजित गरेको थियो। सन् १९५४ को  एकमात्र फिफा विश्वकपमा भएको भिडन्तमा ईटालीले बेल्जियमलाई ४–१ गोलले पराजित गरेको थियो । विश्व फुटबलमा चर्चित केलाडीहरु रहेको बेल्जियमले ईटलीलाई टक्कर दिने विश्वास गरिएको छ। फुटबल ईतिहासमा स्वर्णिम समय भोगेको इटली पछिल्लो समयमा केही खस्केको छ। 
 
बेल्जियम
युवा खेलाडी मात्र रहेको यो टोली पछिल्लो केही समय यता उत्कृष्ठ खेल खेल्दै आएको छ । विगत २ वर्ष यता निरन्तर फिफा विश्व वरियतामा शीर्ष ३ मा पर्दै आएको बेल्जियम टोली यो युरोकपको लागि हेर्न लायक टोली हुनेछ। सन् १९८० को युरोकपको उपविजेता बेल्जियम जुन सुकै बेला जुन सुकै टोलीलाई हराउदै अघि बढ्ने क्षमता राख्ने टोली हो । सो टोलीदेखि यो युरोकपमा ठूला भनिएका टोलीहरु समेत सावधानीपूर्वक खेल्ने छन् ।
 
फिफा बरियातामा दोस्रो स्थानमा रहेको बेल्जियम सन् २०१५ नोवेम्बर देखि मार्च २०१६ सम्म पहिलो बरियतामा रहयो । इडेन हाजार्ड, रोमेलु लुकाकु, केविन डे ब्रुने, यानिक कारास्को, थोमस भर्मालिन आदी विश्व चर्चित खेलाडी टोली बलियो मानिएको छ । फिफा विश्वकपमा सन् १९८६ मा चौथो स्थान हासिल गरेको बेल्जियमले सन् २०१४ को विश्वकपमा क्वार्टरफाइनल सम्मको यात्रा तय गरेको थियो। 
 
पाँचौ पटक युरो खेलिरहेको बेल्जियम सन् १९७२ मा तेस्रो स्थान सम्म पुगेको थियो । २०००को युरो पछि पहिलो पटक छनौट भएको बेल्जियमको खेल हेर्न लायक हुने छ । 
 
ईटली 
सन् २०१२ को युरोकप उपविजेता तथा सन् १९६८ को युरो विजेता टोली ईटालीमाथि यो युरोकपमा सबैको आखाँ रहने छ । युरोपियन फुटबलमा सशक्त मानिने यो टोली ४ पटकको विश्व विजेता हो । सन् २०१२को युरोमा स्पेनसंग फाइनलमा ४–० गोल अन्तरको पीडादायी हार व्यहोरेको टोली यो युरोकप जित्दै उक्त पीडा भूलाउने प्रयासमा हुनेछ । 
 
फिफा बरियता क्रममा १२औं स्थानमा रहेको ईटलीले बरियतामा पहिलो स्थान सेप्टेम्बर २००७ मा प्राप्त गरेको थियो। बुफोन, थिआगो मोट्टाम, सिमोनी जाजा, ग्राजिआनो पेले, माटिओ डारमिन जस्ता खेलाडी सम्मिलित ईटाली पनि दावेदारको रुपमा रहेको छ ।



नयाँ