arrow

स्पेनको दबदबा रहेको खेलमा चेक निरास

logo
प्रकाशित २०७३ जेठ ३१ सोमबार
Euro_ESP_Chk.jpg.jpeg
काठमाडौं। फ्रान्समा जारी युरो फुटबलमा समुह 'डी' अन्तर्गत पुर्व बिजेता स्पेनले चेक गणतन्त्रलाई १-० गोलले पराजित गरेको छ। 
 
सन् २००८ र २०१२को बिजेता स्पेनले जेर्राड पिकेको ८७औं मिनेटमा गरेको गोलले बिजय भएको हो। खेल अवधीभर धेरै राम्रा आख्रमणहरु गरेता पनि गोल भने गर्न सकेको थिएन्,
 
चेक गणतन्त्रका गोलकिपर पिटर चेकले उत्कृष्ठ बचाउ गर्दा स्पेनका धेरै आक्रमणहरु बिफल भएका थिए। चेकले आफ्नो दर्शनिय गोलकिपिङको प्रदर्शन गरेका थिए। 
 
स्पेनका आन्द्रे ईनेष्टाले धेरै राम्रा क्रसहरु निकालेका थिए। उनले लगातार क्रसहरु निकालिरहँदा पनि पिटर चेकको उत्कृष्ठ गोलकिपिङका कारण गोलहरु हुन सकेका थिएनन्। 
 
स्पेनले ६७% बल आफ्नो पक्षमा राकेको थियो भने चेक गणतन्त्रले ३३% बल मात्र आफ्नो पक्षमा राख्न सफल भएको थियो।
 
स्पेनले १४ कर्नर पाएको थियो भने चेकले ३ कर्नरमा चित्त बुझाउनु परेको थियो। खेलको एक मात्र पहेंलो कार्ड चेकका डेविड लिम्बरस्कीले पाएका थिए। दुवै टोलीले बराबर ११-११ फाउल खेलेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ