arrow

आयरल्याण्डको आत्मघाती गोलले स्वेडेनले अंक बटुल्यो

logo
प्रकाशित २०७३ जेठ ३१ सोमबार
Euro_Swe_IRE.jpg.jpeg
काठमाडौं। युरो २०१६ अन्तर्गत समुह 'ई'को आयरल्याण्ड र स्वेडेन बिचको केल १-१ गोलको बराबरीमा सकिएको छ। दुवै टोलीले १-१ अंकमा चित्त बुझाएका छन्। 
 
दुई टोलीमा बलियो मानिएको स्वेडेनले तुलनात्मक रुपमा आयरल्याण्ड भन्दा कमजोर प्रदर्शन गरेको थियो।खेलको ४८औं मिनेटमा आयरल्याण्डका वेस्ले हुलाहानले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। सेमस कोलम्ायनको क्रसलाई हुलाहानले गोल गरेका थिए। 
 
७१औं मिनेटमा कियारन क्लार्कले आत्मघाती गोल गर्दै स्वेडेनलाई गोल उपहारमा दिएका थिए। ईब्राहामोविचले गरेको क्रसलाई बचाउने क्रममा हेडिङ गर्दा क्लार्कले आ्मघाती गोल गर्न पुगेका थिए। आत्मघाती गोल नगरेको भए संभवत: आयरल्याण्डले तीन अंक जोड्ने थियो। 
 
स्वेडेनका स्टार केलाडी जटान ईब्राहामोविचले केही राम्रा अवसर सृजना गरेता पनि गोल भने हुन सकेन त्यसैगरि गोल गर्ने केही राम्रा अवसर जटानले जाली चुमाउन सकेका थिएनन्। 
 
दुवै टोलीले ५-५ कर्नर पाएका थिए भने आयरल्यान्डले ४ पटक पोष्टमा आख्रमण गरेको थियो भने स्वेडेनले एक पटक मात्र आख्रमण गर्न सकेको थियो। आयरल्याण्डका २ खेलाडीले पहेंलो कार्ड पाएका थीए भने स्वेडेनका १ खेलाडीले मात्र पहेंलो कार्ड पाएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ