arrow

मेक्सिको र भेनेजुएलाले अंक बाँडे, उरुग्वेको अन्तिम खेलमा पहिलो जित

logo
प्रकाशित २०७३ जेठ ३२ मंगलबार
Copa_Mex_Ven.jpg.jpeg
काठमाडौं। अमेरिकामा जारी कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत समुह 'सी' को अन्तिम खेलमा मेक्सिको र भेनेजुएलाले १-१ गोल गर्दै बराबरीमा खेल सकाएका छन्। त्यसैगरि उरुग्वेले जमैकालाई ३-० गोलले पराजित गरेको छ। 
 
एक खेल बाँकी हुँदै दोस्रो चरण प्रवेश गरिसकेका मेक्सिको र भेनेजुएला समुह बिजेता बन्नकालागि खेलेका थिए। खेलको १०औं मिनेटमा जोसेभेलाजक्वेजले गोल गर्दै भेनेजुएलालाई अग्रता दिलाएका थिए। दुवै पक्षले लगातार आक्रमण गरिरहेता पनि थप गोल हुन सकिरहेको थिएन्।
 
खेलको ८०औं मिनेटमा जिसस कोरोनाले गोल गर्दै खेल १-१को स्थितीमा पुर्‍याएका थिए। अन्तमा १-१ गोल नै निर्णायक साबित भएको थियो। मेक्सिको समुह बिजेता हुँदै दोस्रो चरणमा प्रवेश गरेको छ भने भेनेजुएला उप बिजेता बनेको छ। 
 
त्यसैगरि समुह 'सी'कै अर्को खेल प्रतिष्ठाकालागि मात्र खेलिएको थियो। उरुग्वे र जमैका दुवै टोली पहिलो चरणबाट बाहिरी सकेका थिए। उरुग्वेकालागि प्रतिष्ठा जोडिएो खेलमा जमैकालाई ३-० गोलले पराजित गर्दै ३ अंक हासिल गरेको छ। 
 
खेलको २१औं मिनेटमा अवेल हरनान्डेजले पहिलो गोल गरेका थिए भने जमैकाका जे-वान वाट्सनले आत्मघाती गोल गर्दै उरुग्वेको अग्रता २-०को गराएका थिए। खेलको ८९औं मिनेटमा माथिआस कोरुजोले गोल गर्दै ३-० बनाएका थिए।  जमैका कुनै पनि अमक नल्याई घर फर्केको छ भने उरुग्वेले तीन अंकका साथ घर फर्कन पाएको छ। 



नयाँ