arrow

छनौटमा अपराजित अष्ट्रियाले हँगेरीलाई गाह्रो पार्ने !

logo
प्रकाशित २०७३ जेठ ३२ मंगलबार
Euro_Aut_Hun_opn.jpg.jpeg
काठमाडौं। फ्रान्समा जारि युरो २०१६ अन्तर्गत समुह 'एफ'को पहिलो खेल अष्ट्रिया र हंगेरी बिच नेपाली समय अनुसार मंगलबार साँझ ९:४५मा हुँदैछ। छनौट समुहमा अपराजित अष्ट्रियाको समाना गर्न हंगेरीलाइ गाह्रो हुने अनुमान फुटबल बिश्लेषकहरुले गरेका छन्। 
 
अष्ट्रियाले युरो छनौटमा जस्तो खेल पस्केको खण्डमा युरो २०१६को पनि दाबेदार हुन सक्ने छ। तर ठूला प्रतियोगिताहरुमा मानसिक दवाब झेल्न सक्ने र दवाब भन्दा माथि उठेर प्रदर्शन गर्ने टोलीहरु नै सफल हुने गरेको ईतिहास छ। आजको खेलमा जुन टोलीले प्रतियोगिताको दवाब बहन गर्न सक्छ नतिजा उसको पक्षमा जाने निश्चित रहेको छ। 
 
हंगेरी आफु पनि राम्रो ईतिहास बोकेको टोलि हुनाले खेलको दवाब झेल्न सक्ने कला उसमा छ भनेर विश्वास गरिएको छ। दुई पटक विश्वकप उप बिजेता रहेको हंगेरीले आफ्नो अनुभवलाई मैदानमा उतार्ने छ। 
 
अष्ट्रिया विरुद्द हंगेरी
जारी युरोकपमा समुह 'एफ'मा रहेका यी दुई टोली उक्त समुहमा तुलात्मक रुपमा कमजोर टोली हुन् पोर्चुगल तथा  आईसल्याण्ड रहेको उक्त टोलीमा यी दुबै टोलीको दाउ आफ्नो पहिलो खेल जित्दै ३ अंक हासिल गर्नु हुनेछ। हाल सम्म यि दुइ टोली १ सय ३६ पटक एक आपस विरुद्द खेलेका छन्। जसमा हंगेरी ६० पटक तथा ४० पटक अष्ट्रिया विजयी भएका छन भने ३० खेल बराबरीमा सकिएको छ। 
 
अष्ट्रिया
युरोकप छनोट समूह ‘जी’को विजेता बन्दै दोस्रो पटक युरोकपको लागि छानिएको यो टोली उक्त समूहमा अपराजित रहँदै छनोट भएको हो। हालविश्व फिफा वरियता मा २०औ स्थानमा रहेको अष्ट्रियाको यो हाल सम्म कै सबै भन्दा उच्च स्थान हो। 
 
युरोकप छनौट चरणमा   उसले कुल १० खेलमा ९ मा जीत  तथा १ बराबरी खेल्दै यो युरोकपमा छनोट भएको हो। मार्क जान्को, डेविड अल्बा , मार्को अर्नाउटोविक, मार्टिन हर्निक ,रोबर्ट अल्मेर जस्ता खेलाडी भएको यो टोली सन्तुलित रहेको छ।  
 
युरोकप अगाडीको मैत्रिपुर्ण खेल
अष्ट्रिया ०-२ नेदरल्याण्ड
अष्ट्रिया २-१ माल्टा
 
हंगेरी 
सन् १९औ शताव्दिको फुटबलमा सर्वाधिक शक्तिशाली  देशको छवि बनाएको तत्कालिन फुटबल महारथी हंगेरी सन् १९६४ र १९७२  दुई पटक युरोकपमा सहभगिता जनाएको उसले  दुबै पटक युरोकपको सेमिफाइनल सम्मको यात्रा गरेको थियो। विश्वकपमा २ पटक फाइनलमा पुगेको यो टोली दुबै पटक अप्रयात्सित रुपमा उप-विजेतामा समेटिनु पर्यो। ।
 
हाल विश्व फुटबल वरियतामा २० औ स्थानमा रहेको यो टोलीको  वरियतामा उच्च स्थान सन् २०१० अप्रिलमा १८ औ स्थान हासिल गर्नु हो। विश्व फुटबलबाट एकाएक ओझेलमा परेको यो टोली दशकौं पछि फेरी उसले अन्तर्राष्ट्रिय प्रतियोगितामा पुनरागमन गरेको छ। क्रिसजियन,डेनियल बोडे,गावेर,किराय,रिचर्ड गुजमिक,रोनाल्ड ग्युचुहास,जोल्टन गेटा उसका भरपर्दा खेलाडी हुन्।जुन यो प्रतियोगितामा उसको लागि महत्वपुर्ण रहने छन्। 
 
युरोकप अगाडीको मैत्रिपुर्ण खेल
 
हंगेरी ०-२ जर्मनी
हंगेरी ०-० आइभेरीकोष्ट



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ